५ बैशाख, काठमाडौं । ७२ जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गरिसकेको क्लासिक टेकले नयाँ वर्ष २०७४ को उपलक्ष्यमा द्रुत गतीको इन्टरनेट सस्तो मल्यमा प्रदान गर्नको लागि डबल इन्टरनेट अफर ल्याएको छ ।
अफर अन्तर्गत अब क्लासिक टेकको नयाँ बार्षिक जडानमा ग्राहकहरुले पहिलेकै सस्तो मल्यमा दोब्बर गतिको ईन्टरनेट पाउने भएका छन् । जस अन्तरर्गत १ एमबीपीएस अनलिमिटेड इन्टरनेट लिने ग्राहकहरुले २ एमबीपीएस इन्टरनेट मात्र ९ सय ९९ प्रति महिनामा नै पाउनेछन् ।
साथै ३ एमबीपीएस अनलिमिटेड इन्टरनेट लिने ग्राहकहरुले ६ एमबीपीएस इन्टरनेट मात्र हजार १ हजार ९९प्रति महिना मा नै पाउनेछन् । कम्पनीले अफर अबधिभर नयाँ इन्टरनेट जडानमा लाग्ने खर्च जस्तै फाईबर केबल, फाइबर डिभाइस निःशुल्क उपलब्ध गराएको छ ।
यस लगायत विश्वकै उत्कृष्ट जीपीओएन प्रबिधिमा आधारित फाइबर टु दि होम इन्टरनेट सेवामा कनै पनि सेयरिङ सेसियो हन छैन ।
यो अफर आगामी वैशाख ३१ सम्मको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।