काठमाडौं, चैत ३०–सामसुङ कन्ज्युमर इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७४ को अवसरमा कन्ज्युमर इलेक्ट्रोनिक्स् प्रोडक्टमा २० प्रतिशतसम्मको आकर्षक क्यासब्याक अफर ल्याएको छ ।
‘क्यासमय नव वर्ष २०७४’ नामक उक्त स्किम ग्राहकका लागि नयाँ वर्षको उपहार स्वरुप ल्याइएको र यसले नयाँ वर्षमा आकर्षक डिल तथा अफरहरु मार्पmत एक नयाँ सुरुवात खोजिरहेकालाई उत्साहित गर्ने कम्पनीले जनाएको छ ।
यो अफर नयाँ वर्षको आगमनसँगै घरको रौनक बढाउने वा केही नयाँपन ल्याउने सोच बनाइरहेका ग्राहकलाई ध्यानमा राख्दै ल्याइएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई गुणस्तरी उत्पादन, उत्कृष्ट ग्राहक सेवा र समयअनुरुपका अफर तथा स्किम लगायत हरेक सम्भव आयाम मार्पmत विशिष्ट सेवा दिने उद्देश्य अनुरुप यो अफरलाई बजारमा ल्याइएको कम्पनीको भनाइ छ । ‘क्यासमय नव वर्ष अफर आगामी जेठ १ गतेसम्म मान्य रहने र देशभरका समस्त सामुसङ आउटलेट मार्पmत उपलब्ध हुने जनाइएको छ ।