काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीलाई सरकारले पुनः २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
यसअघि सोधको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार नै बर्खास्त गर्ने निर्णय सरकारले गरेपनि त्यसलाई एकाएक रोकेर पुनः स्पष्टिकरण सोधिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिइयो ज्ञवालीलाई हटाउने विषयमा दोहोरो दबाब परेपछि पुनः स्पष्टिकरण सोधिएको स्रोतले जनाएको छ ।
सत्ता सहयात्री काँग्रेसले ज्ञवालीलाई हटाउन दबाब दिएको छ भने दाताहरुको बिहीबार नै बसेको बैठकले राम्रो समन्वय गरेको भन्दै नहटाउन दबाब दिएपछि प्रधानमन्त्री अलमलमा परेका हुन् ।
यसअघि सरकारले सोधेको स्पष्टीकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले १२ पृष्ठ लामो स्पष्टीकरण लेख्दै सरकारलाई कुन काममा चित्त नबुझेको हो भन्दै प्रश्न गरेका थिए ।
महान्यायाधीवक्ताको कार्यालयले उनलाई पुनः स्पष्टीकरण सोधेर मात्र बर्खास्त गर्न सुझाव दिएपछि अर्को २४ घण्टे प्रष्टिकरण लेखिएको हो । शुक्रबार उनलाई अर्को २४ घन्टे स्पष्टिकरण पत्र प्राप्त भएको छ ।
पहिलो स्पष्टिकरणमा नै हटाएमा उनी पुनः अदालत जाने र बहाल भएका आउने सम्भावनाका कारण दोस्रो पटक स्पष्टिकरण सोधिएको स्रोतले जानकारी दियो ।































