‘संशोधन हालेर विश्वकै उत्कृष्ट भनिएको संविधान काँग्रेसले नै खारेज गर्‍यो’

‘संशोधन हालेर विश्वकै उत्कृष्ट भनिएको संविधान काँग्रेसले नै खारेज गर्‍यो’

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय कार्यालय सदस्य परि थापाले विश्वकैं उत्कृष्ट भनिएको संविधानलाई नेपाली कांग्रेसले संशोधन हालेर संबिधान खारेज गरेको दाबी गरेका छन् ।

उनले संविधान जारी गरेको केहीदिनमैं कांग्रेसले संशोधन हाल्नु उत्कृष्ट भनिएको संविधानको बर्खिलाप भएको टिप्पणी गरे । क्रान्तिकारी पत्रकार महासंघ,रुपन्देही शाखाले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं नेता थापाले सो दावी गरेका हुन ।

संविधान हतारमा जारी गरिएको र त्यो संविधान जनताको पक्षमा नभएकाले खारेज गरेर जनसंविधान निर्माण गर्नुपर्नेमा उनले जोड दिए । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सचिव समेत रहेका उनले राष्ट्रियता संकटमा परेकाले त्यसको रक्षाका लागि क्रान्तिकारी माओवादीसहित तीन कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भएको बताए ।

संसदीय व्यवस्था मुल्यहीन बन्दैं गएकाले मुलुकमा भ्रष्ट्राचार संस्थागत बन्दैं गएको उनले दाबी गरे । दलका नेताहरुको आत्मसमपर्णवादी नीतिका कारण देश विदेशीको गोटी बनेको भन्दैं राष्ट्रियताको रक्षाका लागि क्रान्तिकारी कम्युनिष्टहरुबीच धु्रबिकरण हुंन जरुरी रहेको उल्लेख गरे ।
उनले धर्म र जातको नाममा राजनीति गर्नु पाखण्डीपन भएको आरोप लगाए । जनता र देशका हितको लागि सरकार बनाउंने र ढाल्ने भन्दापनि दलका नेताहरुले पालो पुर्याउंनका लागि सरकार ढाल्ने र बनाउंने खेल खेलिरहेको नेता थापाको भनाई थियो ।

नेता थापा पार्टीको मध्य–पश्चिम कमाण्ड र राज्य समिति बैठकका लागि बुटवल आएका हुन् । कार्यक्रम महासंघका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र सचिव मानबहादुर कुंवरको सञ्चालनमा सम्पन्न भएको थियो ।