फास्टट्य्राक निर्माणका निम्ति फरक शैलीमा दबाब

फास्टट्य्राक निर्माणका निम्ति फरक शैलीमा दबाब

fasttrack-f

काठमाडौं । काठमाडौं–निजगढ द्रुतमार्ग (फास्टट्र्याक) निर्माण छिटो गर्न दबाब दिन चार दिन हिँडेर राजधानी पुगेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय गौरवको फास्टट्र्याक र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिटो थाल्न भन्दै बाराको निजगढदेखि पैदल ७६ किलोमिटर हिँडेर काठमाडौं आई दबाब दिएका हुन् । द्रुतमार्ग निर्माण संघर्ष समितिका ६१ जनाको टालीले हिंडेर काठमाडौं आइपुगेको हो ।

समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा फास्ट ट्रयाक निर्माण भए तराईसँग राजधानीलाई जोड्न सजिलो र छिटो हुने भन्दै दु्रत गतिमा काम अघि बढाउन माग गरिएको छ।

फास्टट्रयाक र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै ५ मंसिरमा संघर्ष समिति गठन भएको थियो । १७ मंसिरमा निजगढबाट हिँडेको टोली आइतबार राति ११ बजे ललितपुर आइपुगेको थियो । टोलीमा १८ देखि ६२ वर्षसम्म सहभागी छन् । जसमा तीनजना महिला पनि रहेका छन् ।