मुगु । मुगु जिल्लाको विकट गाउँ खमालेमा आगलागी हुँदा १८ महिने एक शिशुको जलेर मृत्यु भएको छ । आगोमा जलेर आठ घर नष्ट भएको छ । आगोमा जलेर लालबिर बुढाकी १८ महिनाकी छोरी दिलमायाको मृत्यु भएको हो ।
प्राप्त समाचार अनुसार आगलागीबाट बिरी बुढा, लालबीर बुढा, सौमति बुढा, शिपराज बुढा, रत्नलाल बुढा, असौजी बुढा, गोर्ख बुढा र जर्म बुढाका घरहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । ३६ घरधुरी रहेको उक्त गाउँमा सोमबार दिउँसो करिव साढे १२ बजे आगलागी भएको स्थानीयले जानकारी दिएका छन् ।
































