काठमाडौं । नेपाली काँग्रेस निकट तरुण दलको पदाधिकारीमा गुटगत भागबण्डा भएको छ ।
भागबण्डाअनुसार अध्यक्षमा देउवा समूहकाम जीतजंग बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा कृष्णप्रसाद सिटौला समूहका उत्तमकुमार चापागाई चयन भएका छन् । दलको महासचिव पद भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पाएको छ ।
पौडेल पक्षका भुपेन्द्रजंग शाही महासचिव बनेका छन् । यसैगरी कोषाध्यक्षमा खुमबहादुर खड्का निकटका विद्ववान गुरुङ चयन भएका छन् ।
यसअघि पदाधिकारीमा वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रबासमान सिंह र डा. रामशरण महतका भतिज रमेश महतको दाबी रहेपनि समूहगत भागबण्डा हुँदा उनीहरु प्दाधिकारीमा अटाउन सकेनन् ।
सिद्धार्थ कोइराला प्रकाश कोइरालाका छोरा हुन् । सिद्धार्थ कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा राजनीतिमा आएका थिए ।
सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका उनी तरुण दलको पदाधिकारीका दाबेदारका रुपमा अघि आएका थिए ।