xi-jinpingकाठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले यो वर्ष गर्ने भनेको नेपाल भ्रमण रोकिएको खुलासा भएको छ । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने चर्चा चलिरहेका बेला उनी स्वयमले भने यस वर्ष नेपाल आउन नसक्ने जनाएका हुन् ।

भारतको गोवामा ब्रिक्स सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीसँगको औपचारिक वार्ताका क्रममा जिनिपिङले यो वर्ष आफू नेपाल आउन नसक्ने जानकारी गराएको प्रधानमन्त्री दाहालले नै खुलासा गरेका हुन् ।

बुधबारसाँझ बालुवाटारमा सम्पादकहरुसँगको छलफलका क्रममा दाहालले आफूले तपाई साँच्चै नेपाल आउने हो कि हैन भनेर सोध्दा त्यसमा ‘म आउँछु’ मात्रै भनेर अमुर्त जवाफ दिएको बताएका हुन् ।

नेपालले भने यस वर्षको डिसेम्बरभित्रै नेपाल आउन आग्रह गरेपनि उनले आफू यो वर्ष नेपाल आउन नसक्ने र अर्को वर्षको सुरुमा नै भ्रमणको तयारी गरेर आउने जानकारी दिएको उनको भनाई थियो ।

ब्रिक्सको आठौं शिखर सम्मेलनका क्रममा नेपाली र चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डलबीच कुराकानी भएको थियो । यस्तै उनले चीनले ब्रिक्सकै क्रममा नेपालसँग चीनले केही सम्झौता गर्न चाहेको तर आफूहरुले अस्वीकार गरेको दाहालको भनाई थियो ।

चिनियाँ राष्टचिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा नेपालको भ्रमण गर्ने चर्चा चलेको थियो ।

तर, अचानक भएको सत्ता परिवर्तनको खेलका कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनसक्ने आँकलन त्यतिबेला नै गरिएपनि त्यसलाई आधिकारिक रुपमा बाहिर ल्याइएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर