आफ्नै श्रीमतीमाथि बञ्चरो प्रहार गरी हत्या

आफ्नै श्रीमतीमाथि बञ्चरो प्रहार गरी हत्या

बर्दिया । बर्दियामा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बञ्चरोले प्रहार गरी हत्या गरेका छन् ।

बर्दिया सोरहवा ३ खैरेनी पुष्पनगरमा दैलेख सालखर्कका ३९ वर्षीय मिनबहादुर सुनारले ३६ वर्षीय श्रीमती खगिसरा सुनारको बञ्चरोले हानेर हत्या गरेका हुन् ।

भारतको सिमलाबाट कमाई गरी तिहार मनाउन घर फर्किएका मिनबहादुरले आफन्तको घरमा बसेका बेला बुधबार राति बञ्चरोले हानेर खगीसराको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरयासी विवादका कारण मिनबहादुरले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने मिनबहादुर फरार रहेकाले उनको खोजी कार्य जारी छ ।