काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह विरुद्ध व्यवस्थापिका संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले आयोग प्रमुख कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै कार्की स्वतः निलम्बनमा परेका छन् ।
संसद सचिवालयले बुधबार अबेर राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रस्ताव दर्ता भएको जानकारी पठाएको छ ।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको हस्ताक्षर रहेको पत्रमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम कार्कीवरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको उल्लेख गरिएको छ ।
महाभियोग प्रस्तावमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेका छन् ।