
सर्बहारा वर्गको क्रान्तिकारी सिद्धान्तः माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधारा हो र व्यवहार भनेको वर्गसंघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगसंँग सम्बन्धित तीन महत्वपूर्ण क्रान्तिकारी आन्दोलनको मूर्त व्यवहार हो । सिद्धान्तलाई व्यवहारसँंग जोड्ने भन्नुको अर्थ माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको अडान, दृष्टिकोण र विधिलाई प्रयोग गरेर क्रान्ति र निर्माणको प्रक्रियामा आईपर्ने व्यावहारिक समस्याहरुलाई अध्ययन तथा समाधान गर्नु हो । यसलाई अध्यक्ष माओले “निशानामा तीर हान्ने” भनेर व्यक्त गर्नु भएको छ । (१५२) निशानासँंग तीरको जस्तो सम्बन्ध हुन्छ त्यस्तै सम्बन्ध व्यवहारको सिद्धान्तसँंग हुन्छ । यदि हामीले सिद्धान्तको यो तीरले व्यवहारको ठीक निसानामा हान्नु छ भने हामीले निम्न विधिको पालना गर्नुपर्दछः ‘निश्चित उद्देश्यका निमित्त माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई अध्ययन गर्न व्यवहारलाई प्रस्थान विन्दु बनाऊ र तीन महत्वपूर्ण क्रान्तिकारी आन्दोलनमा अगाडि आएका समस्याहरुलाई समाधान गर र यो सिद्धान्तबाट हाम्रो अडान दृष्टिकोण र विधि पत्ता लगाऊ ।’ सिद्धान्त र व्यवहारलाई अलग गराइयो भने हामीले अन्धकारमा गोली हान्ने छौं । यदि हामीले सही सिद्धान्तलाई कुरा चटार्न र केही नगरी एकातिर थन्क्याउन मात्र प्रयोग ग¥यौं भने त्यो सिद्धान्त जति सुकै राम्रो भए पनि त्यसको कुनै उपादेयता हुने छैन । यदि हामीले क्रान्तिकारी व्यवहारका क्रममा पैदा भएका समस्याको सामना ग¥यौं र माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक हतियारलाई प्रयोग गरेर तीनको विश्लेषण, अध्ययन र समाधान ग¥यौं भने मात्र हामीले सिद्धान्तलाई व्यवहारसंँग जोड्ने छौं र तीरले निशानामा मार्ने छौं ।
अध्यक्ष माओ भन्नुहुन्छः “माक्र्सवादी–लेनिनवादी सिद्धान्तको चिनियाँ क्रान्तिको व्यवहारसँंग भएको घनिष्ट मेल नै हाम्रो पार्टीले निरन्तर अवलम्बन गर्दै आएको वैचारिक सिद्धान्त हो ।” (१५३) हाम्रो पार्टीको इतिहास भनेको माक्र्सवाद–लेनिनवादको सार्बभौम सच्चाईसंग चिनियाँ क्रान्तिको मूर्त व्यवहारको बढ्दो मेलको इतिहास हो, यो अध्यक्ष माओको नेतृत्वमा दक्षिण तथा “वाम” अवसरवादी कार्यदिशामाथि सिङ्गो पार्टीले प्राप्त गरेको विजयको इतिहास हो । चिनियाँ क्रान्तिको दीर्घकालीन संघर्षको नेतृत्व गर्दा अध्यक्ष माओले चिनियाँ समाजका विशेषताहरु र हरेक वर्गको स्थितिको विस्तृत अनुसन्धान र गहिरो विश्लेषण गर्नु हुन्थ्यो । उहाँंले जनवादी क्रान्ति र समाजवादी क्रान्तिका समयमा हाम्रो देशमा पैदा भएका शृंखलावद्ध समस्याहरुको समाधान गर्नुभयो, हाम्रो पार्टीको लागि सही राजनीतिक दिशा, कार्यदिशा र सिद्धान्तहरु निर्धारित गर्नुभयो र हाम्रो देशमा क्रान्ति र निर्माणको निम्ति नयाँं र अझै महत्वपूर्ण विजयको ग्यारेन्टी गर्नुृभयो । पार्टीको ऐतिहासिक अनुभवले देखाएको छ कि सिद्धान्त र व्यवहारलाई जोडेर र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा अनुसार अगाडि बढेर पार्टीले विकास गरेको छ र क्रान्तिकारी उद्देश्य सधै विजयी बन्दै आएको छ । त्यसको विपरत, जब हामीले व्यवहारबाट सिद्धान्तलाई अलग ग¥यौं र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाबाट अलग भयौं, पार्टीले धक्का खायो र क्रान्तिकारी उद्देश्यले असफलता व्यहोर्नु प¥यो । त्यसकारण, हामीले भन्दछौं कि चिनियाँ क्रान्तिको विजय भनेको माक्र्सवादी–लेनिनवादी सिद्धान्तको चिनियाँ क्रान्तिको व्यवहारसँंग भएको मेलको असाधारण विजय हो र अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा तथा माओत्सेतुङ्ग विचारधाराको असाधारण विजय हो ।
अध्यक्ष माओले सिद्धान्तलाई व्यवहारसँंग मिलाउनु पर्छ भन्नु भएको कुरा सर्बहारावादी क्रान्तिकारी अध्ययन शैली हो । पहिलो, यो सिद्धान्त र व्यवहारलाई मिलाउने माक्र्सवादी–लेनिनवादी दृष्टिकोण हो । यो दृष्टिकोणका आधारमा हामीले परिस्थितिको व्यवस्थित र विस्तृत अध्ययन तथा अनुसन्धान गर्न र क्रान्तिकारी उत्साहलाई व्यावहारिकतासंग मिलाउन माक्र्सवादी–लेनिनवादी सिद्धान्त र विधिलाई प्रयोग गर्छौं । यसका आधारमा हामीले निशानामा तीर मार्न सक्छौं । अर्को दृष्टिकोण सिद्धान्तलाई व्यवहारबाट अलग गर्ने मनोगतवादी दृष्टिकोण हो । यो अध्ययनको गलत शैली हो, यो गैरमाक्र्सवादी–लेनिनवादी सबै अवसरवादी र संशोधनवादीहरुको हानीकारक शैली हो । हामीलाई थाह छ अध्ययन गर्ने शैलीको प्रश्न भनेको सोच्ने तरिकाको प्रश्न हो, यसको सम्बन्ध नेतृत्वदायी निकायहरु, आम कार्यकर्ता तथा पार्टीका सम्पूर्ण सदस्यहरुसंग हुन्छ, यो प्रश्न हाम्रो माक्र्सवाद–लेनिनवादप्रतिको दृष्टिकोणसंग र आम पार्टी सदस्यहरुको आफ्नो कामप्रतिको दृष्टिकोणसंग सम्बन्धित छ । यसकारण, अध्ययन शैलीको प्रश्न सँधैं दुई–लाईन संघर्षसंग घनिष्ट रुपले जोडिएको हुन्छ । अध्ययनका दुई विधिका बीचको विरोध तथा संघर्ष अध्ययनको समस्या सम्बन्धी दुई–लाईन संघर्षको प्रतिविम्ब हो । अध्ययन शैलीको प्रश्नलाई पार्टी स्पिरिटको तहसम्म उठाएर अध्यक्ष माओले व्यवहारबाट सिद्धान्तलाई अलग गर्ने मनोगतवादी कार्यशैलीको सारलाई गहिरो गरी प्रष्ट्याउनु भएको छः “आफ्नो आचरणलाई यो शैलीले नियन्त्रण गर्नु आफैलाई नोक्सान पु¥याउनु हो, यो अरुलाई सिकाउनु अरुलाई नोक्सान पु¥याउनु हो, यसलाई क्रान्तिलाई निर्देशन गर्न प्रयोग गर्नु क्रान्तिलाई नै नोक्सान पु¥याउनु हो ।” “यो पार्टीको स्पिरिट नै छैन या कमी छ …… भन्ने कुराको अभिव्यक्ति हो ।” (१५४)
लिउ शाओ ची, लिन पियाओ र त्यस्तै प्रकारका अन्य ठगहरु तथा विभिन्न अवसरवादी कार्यदिशाका मुखियाहरु वस्तुपरकताबाट आत्मपरकतालाई र व्यवहारबाट सिद्धान्तलाई अलग्याउनेहरु हुन् भनेर वैचारिक हिसाबले चित्रण गरिएका थिए । तिनीहरुले सधैं उत्तेजित भएर सिद्धान्तलाई व्यवहारमा मिलाउने कुराको विरोध गर्दथे, सधै माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको विरुद्ध संघर्ष गर्दथे र त्यसको साटो आदर्शवादी अनुमानवादलाई अगाडि बढाउथे । संशोधनवादको अभ्यास गर्न तिनीहरुले पहिला माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तको विरोध गर्नु पर्दथ्यो । लिन पियाओले माक्र्सवादी–लेनिनवादी शास्त्रीय विषयले “विगत”का कुरा मात्र उठाउँंछ, “हामीबाट धेरै टाढा गैसकेको” र “पुरानो भैसकेको” छ भनेर तीनलाई पढ्नु नपर्ने बताउँथ्यो । यस्तो अति–प्रतिक्रियावादी सिद्धान्तको सुगारटाई गरेर उसले आफ्नो संशोधनवादी वकवासलाई अगाडि बढाउन र पुँजीवादी पुनस्र्थापनाको प्रतिक्रान्तिकारी षडयन्त्रलाई सफल पार्न माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई पूर्णतः निषेध गर्ने उद्देश्य राखेको थियो । साथै लिन पियाओले आफ्नोे सम्पूर्ण तागत लगाएर क्रान्तिकारी व्यवहारको विरोध गर्दथ्यो, “प्रतिभा”को प्रतिक्रियावादी सिद्धान्तको वकालत गर्दथ्यो र व्यवहार सिद्धान्तको आधारभूत स्रोत हो भन्ने कुरालाई अस्वीकार गर्दथ्यो । उसले “आत्मपरकताबाट वस्तुपरकतातिर”, “विचारबाट यथार्थतिर” जानु पर्दछ भन्ने दावी गर्दथ्यो र सिद्धान्त र व्यवहार तथा आत्मपरकता र वस्तुपरकताका बीचको सम्बन्धलाई पुरै उल्ट्याएको थियो । त्यसकारण, लिन पियाओको प्रतिक्रान्तिकारी संशोधनवादी कार्यदिशाको विरोध गर्दा हामीले उसले प्रचार गरेको गलत, गैर–माक्र्सवादी–लेनिनवादी अध्ययन शैलीलाई दृढतापूर्वक आलोचना गर्नु पर्दछ र त्यसलाई निर्मूल पार्नु पर्दछ ।
सिद्धान्त र व्यवहारलाई जोड्ने सिद्धान्तलाई माथि उठाउन हामीले तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोणलाई ग्रहण गर्नु पर्दछ । भौतिक अस्तित्वमा रहने वस्तुहरु सबै “तथ्य” हुन् र “सत्य”ले तिनीहरुको आन्तरिक सम्बन्धलाई बुझाउंँछ । हरेक काममा तथ्यबाट सत्य खोज्ने वैज्ञानिक दृष्टिकोण प्रदर्शन गर्नु भनेको माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको निर्देशनमा बस्तुको विकासको निर्धारण गर्ने नियमलाई अध्ययन र आत्मसात गर्नु हो≤ यसको अर्थ पार्टीको राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तहरु र साथै माथिल्लो कमिटीबाट आउने निर्देशनलाई हाम्रो एरिया वा इकाईको वास्तविक स्थितिसंग जोड्नु हो≤ यसको अर्थ ती सबै माथि छलफल गर्नु र मसिनोगरी कार्यान्वयन गर्नु, आत्मपरकता र वस्तुपरकताको बीचमा मेल गराउन प्रयत्न गर्नु, निशानामा तीरले मार्न सिद्धान्त र व्यवहारलाई जोडनु र अपेक्षित परिणाम प्राप्त गर्नु हो ।
सिद्धान्त र व्यवहारलाई जोडने सिद्धान्तलाई माथि उठाउन हामीले सामाजिक परिस्थितिको अध्ययन र अनुसन्धान गर्नु पर्दछ । अध्ययन र अनुसन्धान भनेको माक्र्सवाद–लेनिनवादको वैज्ञानिक विधि हो≤ जब हामी यस्तो काम सुरु गर्दछौं हामीले वास्तविक स्थितिको गहिरो र विस्तृत अनुसन्धान गर्नु पर्दछ र त्यस पछि “कुडालाई मिल्काएर र आवश्यकलाई छानेर, झुटलाई हटाएर र सत्यलाई राखेर, एकबाट धेरै तिर अगाडि बढेर र बाहिरबाट भित्र गएर ……इन्द्रियग्रा≈य ज्ञानबाट तर्कसंगत ज्ञानमा छलाङ्ग मार्नका लागि” (१५५) जम्मा गरेका सामाग्रीलाई विश्लेषण र अध्ययन गर्नु पर्दछ≤ हामीले प्रधानलाई गौणबाट कसरी पहिचान गर्ने भन्ने जान्नु पर्दछ, प्रक्रियाको सारलाई पक्डिन र यथार्थसंग मेलखाने निष्कर्स निकाल्नका निम्ति झुटबाट सत्यलाई अलग गर्न जान्नु पर्दछ र यथार्थमा आधारित भएर काम सम्पन्न गर्न जान्नु पर्दछ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई’ पुस्तकबाट




























