बरालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

बरालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

चितवन । क्रान्तिकारी पत्रकार महासंघ चितवनको भेलाले सूर्य बरालको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
समितिको सचिवमा सरोज उपरकोटी र कोषाध्यक्षमा प्रेम कंडेल चयन भएका छन् ।

समितिका सदस्यहरुमा रोशन थापामगर, विनय ढुंगाना, कृष्ण परियार र अनिता वि.क चयन भएका छन् । भेलाले दुई जना सदस्य पछि थप गर्ने निर्णय गरेको सचिव उपरकोटीले जानकारी दिए ।

क्रान्तिकारी माओवादीका चितवनका जिल्ला सेके्रटरी सुरेश गौतमको प्रमुख आतिथ्यता सम्पन्न भेलामा पार्टीका फ्याक्सन ईन्चार्ज अशोक शर्मा, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य शंकरप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

भेलाले चितवनका विभिन्न संचार गृहहरुमा कार्यरत क्रियाशील पत्रकारहरुलाई सदस्यता सिफारिस नगरिएको र कतिपय गैर पत्रकारहरुलाई प्रभाव र क्रिपावादको आधार दिईएको सदस्यता खारेजीको लागि पत्रकार महासंघ चितवन शाखामा ज्ञापनपत्र बुझाउने, सदस्यता विस्तार गर्ने अभियानलाई तिव्र रुपमा संचालन गर्ने लगाएतका निर्णय गरेको छ ।