कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्व राष्ट्रपति महिन्दा राजपाक्षका छोरालाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिएको छ ।
अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको हो ।
नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रुपमा हेरिन्छ । अदालतले नमालमाथि अकुत रुपमा तीन लाख १० हजार अमेरिकी डलर आर्जन गर्न जिम्मेवार रहेको आरोप छ ।
नमालमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको भनी लागेको यो आरोप दोस्रो हो । उनीमाथि भारतीय एक कम्पनीबाट पाँच लाख अमेरिकी डलर अवैध रुपमा लिएको लगायतका मुद्दा सुनुवाई चलिरहेको छ ।