लन्डन । बेलायतको राजधानी लन्डनमा एकजनाले अन्दाधुन्द छुरा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएपनि उनीहरुको थप अवस्थाबारे कुनै जानकारी दिइएको छैन ।
प्रहरीले घटना आतंकवादीले गराएको हुनसक्ने आशंकामा आतंकवादीसँग जोडेर अनुसन्धान सुरु गरेको छ ।
स्थानीय समयअनुसार बुधबार राति १०ः३० बजे सो घटना भएको हो । घटनास्थल बाट प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।