सुनसरी । क्रान्तिकारी कम्युनिस्टपार्टी नेपालले जिल्ला प्रशासन कार्यलय सुनसरी मार्फत नेपाल सरकार प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टीका केन्द्रीय सदस्य कमरेड पुर्ण बहादुर खड्कालाई शान्तीपुर्ण तरिकाले आगामी फाल्गुन २१ गते भनिएको कथित चुनाबको बहिस्कार सम्वन्धी पर्चा बितरण गरि घर फर्कने क्रममा बिनाकारण बाटोबाट कठपुतली शुशिला कार्की सरकारका प्रहरीले गत माघ १५ गते सिन्धुलीको दुधौलीबाट पक्राउ गरि हालसम्म पनि वहांलाई नछोडेको बिरोधमा उक्त ज्ञापन पत्र बुझाईएको हो ।
कमरेड खडकालाई तत्काल बिना सर्त रिहा गर्न माग गरिएको छ । यदि वहाँलाई तत्काल नछोडे थप सङ्घर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने समेत बताईएको छ ।






























