अखिल नेपाल प्रगतिशील किसान संघको एकताको राष्ट्रिय भेला सम्पन्न

अखिल नेपाल प्रगतिशील किसान संघको एकताको राष्ट्रिय भेला सम्पन्न

लोकनारायण सुबेदी

उदयपुर ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल प्रगतिशील किसान संघ९ब्िि ल्भउब िएचयनचभककष्खभ एभबकबलतुक ग्लष्लयल)को एकताको राष्ट्रिय भेला ‘कृषि बचाऔं, किसान बचाऔं, देश बचाऔं, राष्ट्रियतालाई सुदृढ पारौ’ भन्ने सामयिक नाराकासाथ ‘नेपाल कम्युनिष्ट पार्टी किसानसँग’ राष्ट्रिय अभियान २०८२ को उत्कर्षमा उदयपुर जिल्लाको चौडण्डीगढी नगरपालिका वडा नं ४ बर्षेडाँडा बसाहामा एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । भेलाको बन्द सत्रले ब्यापक छलफल र बिचार बिमर्शपछि एउटा संक्षिप्त घोषणापत्र र अन्तरिम बिधान पारित गर्नुकासाथै अखिल नेपाल प्रगतिशील किसान संघको केन्द्रिय समितिको पनि निर्माण गरेको छ । जस अनुसार अध्यक्षमा रामदुलार महतो, उपाध्यक्षहरु कुशुम पौडेल, शुकदेब चौधरी, चन्द्रदेब राम, गोपाल महर्जन, रामकरण राव(रिक्त ४) महासचिववमा राजन साह, सचिवमा ठाकुर खपाङ्गी तथा कोषाधक्षमा भोजराज खनाललाई चयन गरेको छ भने केन्द्रीय सदस्यीय केन्द्रिय सदस्समा गोबिन्द गुरुङ्ग, युवराज लिम्बु, अमृत तामाङ्ग, गिरिजा कुमारी चौधरी, भरत मल्ल ठकुरी, पुष्पलता चौधरी,अनन्त धिताल, प्रेमकुमार दनुवार,कैलाश यादब, बद्रिबिशाल यादब, सीताकुमारी राम, गिरिराज सञ्ज्याल, खुशीराम चौधरी,राजकुलन्दर प्रसाद साह, राम औतार साह, समजा खातुन,कान्छाराम श्रेष्ठ र रामशरण महर्जन रहनु भएको छ । भेलाले केन्द्रिय कार्यालय जनकपुर र केन्द्रिय सम्पर्क कार्यालय काठमाण्डौमा रहने समझदारी पनि बनाएको छ ।


किसानका ज्वलन्त तत्कालीन र दीर्घकालीन माग र नारासहीत ब्यानर र झण्डा सहीतको किसान मार्च गर्दैै बिश्व सर्बहारा बर्गका गुरु नयाँ जनबादी क्रान्तिका प्रणेता तथा प्रयोक्त तथा किसानलाई यस क्रान्तिको मूख्य शक्तिकोरुपमा पहिचान दिलाउने कमरेड माओको १३२औं जन्म जयन्तिप्रति समर्पित उद्घाटन समारोहमा अखिल नेपाल प्रगतिशील किसान संघको हसियामाथि तीन तारा अंकित झण्डलाई उच्च उठाउदै उद्घानट गर्नुभयो र त्यस किसान सभालाई सम्बोधन गर्दै भन्नुभयो – नयाँ जनबादी क्रान्तिको मेरुदण्ड र मूख्य शक्ति किसान र कृषिका अधारभूत समस्या समाधान नभई देशको राष्ट्रियता, जनतन्त्त र जनजीबिकाका मूलभूत समस्या पनि समाधान हुन सक्तैनन् भन्ने यथार्थ आज झनपछि झन् अत्यन्तै बिकरल बन्दै गएको देशको बढ्दो संकट र समस्याले प्रष्ट पारिरहेको छ । आजको यूवा बेरोजगारी र पलायन हुनु, घर–घर बृद्धाश्रमि बन्दै जानु र देश नै आज इतिहासमै अत्यन्त कमजोर निरीह बन्दै जानुले यो कुरा एकदमै प्रष्ट पारेको छ । गएको भदौ २३ गतेको निर्दोष यूवाहरुमाथिको क्रूर नर हत्या र भदौ २४ गते मच्चाइएको अत्यन्तै नियोजित बिध्वंशले संसदीय ब्यवस्था र यसका सम्बाहक भ्रष्टाचारमा चुर्लुम्म डुेबका बिदेश परस्त लम्पसारबादी संसदबादी, यथास्थितिबादी र प्रतिगमनकारी कथित नयाँ र पुराना दलहरुबाट देश, जनता, संबिधान केही पनि जोगिन सक्तैन भन्ने कुरा सबैमा एकदमै छर्लंग भएको र भइरहेको छ । त्यसैले सबै किसिमका साम्राज्यबादी गतिबिधि र बाह्य हस्तक्षेपका बिरुद्ध र सामन्ती प्रतिकृयाबादका बिरुद्ध लडिरहेका देश र जनताप्रति निष्ठापूर्बक समर्पित सच्चा प्रगतिशील निष्ठाबान कम्युनिष्ट, लोकतान्त्रिक र देशभक्त शक्तिहरुको सर्ब पक्षीय सम्मेलन, त्यसबाट निर्मित स्वाधीन राष्ट्रिय सरकार र राष्ट्रिय जन संबिधान पुनर्लेखन मात्र आजको राष्ट्रिय दीर्घकालीन साझा निकास हुन सक्छ । अजंगका भ्रष्टाचार, मानब तस्करी, कालोबजारी, सुदखोरी लगायतका देश र जनताका हित बिपरीतका गतिबिधिरुलाई ढाकछोप गर्न र पुनः त्यस्ता घटनाहरुलाई नबिकरण गर्न गरिने चुनावले देशमा उत्पन्न अपूर्ब संकटबाट यसलाई त्राण दिन र बचाउन सक्तैन । नेपाल कम्युनिष्ट पार्टी संकट मोचनका लागि पुनः यही आह्वान गर्दछ । यसरी मात्र कृषि र किसानका समस्याको पनि सही समाधान गर्ने उचित र अनुकूल बतावरण बन्दछ र देशले नयाँ जनबादी क्रान्तिका आधारभूत कार्यभार पूरा गर्दै बैज्ञानिक समाजबादको सुरक्षित, सुनिश्चित र सुन्दर भबिष्यतर्फ फड्को मार्ने सही बाटो लिन सक्छ ।


समारोहमा नेकपाका सचिवालय सदस्य क. लक्षमण उप्रेतीले किसान भेलालाई सम्बोधन गर्दै सच्चा क्रान्तिकारी शक्तिहरुको एकता र उच्च संघर्ष बिना देश र जनता खाशगरी किसानको सार्थक मुक्ति र प्रगति हुन सक्तैन । त्यसैले आज संशोधनबादी, अवसरीबादी तथा आत्मसमर्पणबादीहरुको कुनै किसिमको भ्रममा नपरी नेपाली समाजका सचेत जन समुदाय क्रान्तिकारी शक्तिको वरिपरी गोलबन्द हुनु पर्ने कुरालाई आत्मसात गर्दै हामी कमरेड पुष्पलालको सही नीति र दिशाबोधकासाथ क्रान्तिकारी एकीकरण र धु्रबीकरणको दिशामा अघि बढ्दै र जन बर्गलाई अभियानकारुपमा संगठित सचेत र संघर्षशील तुल्याउन अग्रसर भइरहेका छौ भन्नु भयो ।
नेकपाका सचिवालय सदस्य तथा कोशी प्रदेश ईञ्चार्ज भिम सेढाईले सही नीति लिएर सही बाटो नहिडी देश र जनताले मुक्ति पाउँदैनन् र सार्थक प्रगति हुदैन भन्ने कमरेड पुष्पलालले भन्नु भएको कुरा समयले प्रष्ट पारिसकेको छ भन्ने यथार्थ औंल्याउनु भयो । उहाँले आफुहरु ८ जनाले पाएको सम्मान सही दिशाबोध र सघर्षशील भूमिकाको सम्मान हो भन्नु हुँदै क. माओ र क. पुष्पलालको योगदानलाई स्मरण गर्नु भयो ।
पार्टी सचिवालय सदस्य बिके अर्यालले किसानलाई कृषिको उत्थान गर्ने बिशेष कार्यक्रमकासाथ किसान आन्दोलनलाई अघि बढाउन सकेमा मात्र यस भेलाको सार्थकता हुने कुरामा जोड दिनु भयो ।
पार्टीका अर्का सचिवालय सदस्य भूमिनन्दन देबकोटाले बित्तीय साम्राज्यबाद र सामन्तबादबाट किसानलाई मुक्त नगरी नयाँ जनबादी क्रान्तिको कार्यभार पूरा हुँदैन र समाजबाद बन्ने आधार तयार हुदैन भन्ने प्रष्ट पार्नु भयो ।
त्यसैगरी अर्का सचिवालय सदस्य पुष्कर गौतमले माओले सफल पारेको कृषि क्रान्तिलाई नेपालमा कमरेड पुष्पलालले अघि सारे पनि त्यसले अझसम्म पूर्णता नपाउँदा देश प्रतिगमन र यथास्थितिबादको घोर संकटमा फँसेको उल्लेख गर्नु भयो ।
सचिवालय सदस्य बद्रीनाथ अधिकारीले माओ र पुष्पलालका योगदानहरुलाई सम्झेर किसान आन्दोलनलाई अग्रगति दिनसकेमा मात्र संकटको निवारण र समस्याको समाधान हुने कुरा प्रष्ट पार्नु भयो ।
सचिवालयका अर्का सदस्य युवाराज नास्तिकले किसानका हक हित र प्रतिष्ठाका लागि सामन्तबाद साम्राज्यबाद बिरोधी कृषि क्रान्तिलाई सम्पन्न नगरी क. माओ र क. पुष्पलाललाई स्मरण गरेको सार्थक हुँदैन भन्नु भयो ।
पार्टी सचिवालयकी महिला सदस्य सीता सुबेदीले मानिसलाई बचाउने महत्वपूर्ण शक्ति नै क्रान्तिको सम्बाहक हुन्छ भन्ने क. माओको सही बाटोलाई पक्रिदै क. पुष्पलालले पार्टी गठन गर्दादेखि नै किसानका कुरा जोडदाररुपमा उठाएको स्मरण गर्नु भयो ।
पार्टीका सचिवालय सदस्य डा. भगवानचन्द्र ज्ञावालीले अबसरबादीहरुले चलाएका बिषालु हल्लाको पछि नलागी क. माओ र पुष्पलालका परीक्षित बाटोमा सही किसिमले अघि बढ्न सके नेपाल र नेपाली किसानका हक हित हुने ब्यवस्था ल्याउन सकिन्छ भन्नु भयो ।