अन्तर्राष्ट्रिय महिला सेमिनारको आज दोस्रो दिन : साम्राज्यवादीविरोधी विमर्शमा केन्द्रित

अन्तर्राष्ट्रिय महिला सेमिनारको आज दोस्रो दिन : साम्राज्यवादीविरोधी विमर्शमा केन्द्रित

काठमाडौँ । बिहीबार काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय महिला सेमिनारको उद्घाटन गरियो । कार्यक्रमको उद्घाटन विभिन्न महादेशका को–अर्डिनेटरहरूले संयुक्तरुपमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको थियो । उद्घाटन एशिया को–अर्डिनेटर दुर्गा पौडेल, अफ्रिका को–अर्डिनेटर मालि पोला, ल्याटिन अमेरिका को–अर्डिनेटर एरिक लुसा, युरोप को–अर्डिनेटरहरू नताली, करोला क्युरिन, सुसिवारा, मिडिल इस्ट को–अर्डिनेटर डिलार्जले संयुक्त रुपमा गर्नुभएको थियो।

उद्घाटन कार्यक्रम विहान ठिक १० बजेदेखि शुरुभई दिउसो १२ बजेसम्म चल्यो । करिब चारसय जना महिला प्रतिनिधीहरूका बीचमा उद्घाटन गरिएको उक्त कार्यक्रम बुढानीलकण्ठ नगरपालिका–१० स्थित सुकुन्डा वेङ्केट हलमा सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा क्रान्तिकारी महिला संगठनकी संयोजक अम्बिका मुड्भरी, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, अखिल नेपाल महिला संघ क्रान्तिकारी अध्यक्ष दामा शर्मा, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष बन्धु चन्द, समाजवादी महिला संघबाट कमला विश्वकर्मा, वैज्ञानिक समाजवादी महिला संघबाट राजेश्वरी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

त्यस्तै युरोप को–अर्डिनेटर नतालियाले लिखित शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । ‘साम्राज्यवादले विश्वभरीका गरिखाने वर्गमाथि शोषण गरेको छ’ नतालियाले भन्नुभयो,– ‘यो सेमिनारले महिला अधिकार, शान्ति, स्वच्छता, ऐक्यवद्धता जनाउँदै हामी मानव जातिको शान्ति हितको भविष्य स्थापनाको लागि पहल गर्नेछ ।’
सेमिनारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द, जर्मन कम्युनिस्ट पार्टी (एमएलपिडी)ले अन्तर्राष्ट्रिय सेमिनारलाई लिखित शुभकामना पठाउनु भएको थियो ।

त्यस्तै अफ्‌गानिस्थान कम्युनिस्ट पार्टी महिला समितिले भिडीयो सन्देश पठाएको थियो । भिडीयो सन्देशमा अफ्‌गानिस्थानमा महिलाहरूमाथि भइरहेको विभिन्न अन्याय अत्याचारका विषयलाई पनि सम्पन्न हुन लागिरहेको अन्तर्राष्ट्रिय सेमिनाले विश्वसामु उजागार गर्ने विश्वास व्यक्त गरिएको थियो ।


मंसिर ११ गतेदेखि १३ गते सम्म चल्ने सेमिनारमा नेपालमा वामपन्थी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट ६ वटा संगठन सम्बद्ध महिला नेतृहरुको सहभागिता रहेको छ ।
उद्घाटन समारोहपछि सेमिनारको पहिलो सेसन १ बजेदेखि शुरुभई ४ वजेसम्म चल्यो । सेमिनारको पहिलो सेसनमा ‘साम्राज्यवादलाई कसरी परास्त गर्ने’ विषयमा– दुर्गा पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सेमिनारको प्रत्येक ब्लकमा हरेक दिन एक एकवटा ब्लक, हरेक ब्लकमा पाँच–पाँचवटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम मिलाइएको थियो । प्रस्तोतालाई १० मिनेट र बाँकी दुईघण्टा सहभागीहरूलाई छलफलको लागि तीन मिनेटको समय छुट्याइएको थियो ।

त्यस्तै सांझ ४ बजेदेखि ६ बजेसम्म ‘गाजा सोलिडारिटी’ गाजाको ऐक्यवद्धता बारे गीत, व्यानर, फोटो आदिको क्रमिक प्रदर्शन गरिएको थियो। सम्भव भएसम्म सबै संगठनहरूलाई एक–एकवटा कार्यक्रम प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको थियो । प्रत्येक टिमहरूलाई पाँचदेखि आठ मिनेट समय व्यवस्था गरिएको थियो ।

आज (दोस्रो दिन) ९–१२ बजेसम्म, ब्लक ३ मा १–४ बजेसम्म र ब्लक २ ले १० मिनेट प्रतिनिधिहरुले विषय राख्ने र त्यसमाथि ५० मिनेटसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।