स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न

स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न

विराटनगर । कम्युनिष्ट पार्टी नेपाल १६ नम्बर व्यूरोले स्वाधीन संयुक्त सरकारको माग गर्दै विराटनगरमा एक कार्यक्रम सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न शहरहरुमा आइतबार साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरौँ, स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मुलु नारा सहित देशैभरि भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ ।

सोहि कार्यक्रम अन्तर्गत १६ नम्बार व्यूरोले विराटनगरमा स्वाधीन संयुक्त सरकारको माग गर्दै साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरेको हो ।

कार्यक्रम लाई सम्बोधन गर्दै १६ नम्बर व्यूरोका सेक्रेटरी विमल निरौलाले सुशीला कार्की नेतृत्वको सरकार साम्राज्यवादी अमेरिका र भारतीय विस्तारवादको कठपुतली भएकोले यसले नेपालका युवा जेनजीहरुको माग सम्बोधन गर्न नसक्ने बताउनु भयो । उहाँले देशलाई निकास दिन युवा, विद्यार्थी मजदुर ,किसान , सुकुम्बासी , महिला , दलित लगायत उत्पीडित समुदाय र उत्पीडित क्षेत्रको माग सम्बोधन गर्न क्रान्तिकारी , वामपन्थी , देशभक्त तथा प्रगतिशिलहरुको नेतृत्वमा स्वाधीन संयुक्त सरकार गठनको आवश्यता औल्याउनु भयो । कार्यक्रमको संचालन पार्टीका केन्द्रिय सदस्य पुष्प सुवेदीले गर्नु भएको थियो ।

यसै बीच, साम्राज्यवाद , प्रतिगमन तथा यथास्थितिको विरोध गरौँ , स्वाधीन संयुक्त सरकार गठन गरौँ भन्ने मुल नारा सहित छापिएको अपिल पत्र विराटनगरका विभिन्न चौकहरुमा वितरण गरिएको थियो ।