अर्घाखाँचीको सन्धिखर्कमा भ्रष्टाचार विरुद्धको अभियानको आरम्भ

अर्घाखाँचीको सन्धिखर्कमा भ्रष्टाचार विरुद्धको अभियानको आरम्भ

सन्धिखर्क – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले भ्रष्टाचार विरुद्धको अभियानको आरम्भ गरेको छ । कार्यक्रमको पार्टीका पोलिटव्युरो सदस्य तथा ब्युरो ईन्चार्ज प्रेम सुवेदीले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा नेता सुवेदीले बर्तमान सरकार भ्रष्टाचारमा निदाईरहेकोले यसका बिरूद्ध नेपाली जनताले सशक्त संघर्ष गनुपर्ने बताउदै भ्रष्टाचारको अन्त्य गछु भन्ने प्रधानमन्त्री ओली माथि नै विभिन्न काण्ड भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट लगायतका काण्डमा नाम मुछिएकाले यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य कृष्ण केसीले नयाँ जनवादी ब्यबस्थाको लागि सघर्ष गदै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज नरेन्द्र थापा क्षेत्रीले मुलुकमा दिन प्रतिदिन स्थानीय सरकार देखि केन्द्र सरकार सम्म बढिरहेको भ्रष्टाचारको अन्त्यको लागि सबै जनता गोलबन्द भई कडा प्रतिरोध गनुपर्ने बताउनुभयो । कार्यक्रमको जिल्ला सेक्रेटरी राजेन्द्र नेपाली सहजीकरणमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको थियोे ।