खोटाङ । जारी जनसम्बन्ध विस्तार अभियान अन्तगर्त क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले आज खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा कोणसभा सम्पन्न गरेको छ ।
कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस र महिला नेतृ शारदा महत र जिल्ला नेता सुनिलले सम्बोधन गर्नुभएको थियो ।
कोणसभाको सञ्चालन पार्टीका जिल्ला सेक्रेटरी झमप्रसाद आचार्यले गर्नुभएको थियो ।