गोपा भण्डारीको निधनमा शोक व्यक्त

गोपा भण्डारीको निधनमा शोक व्यक्त

दाङ/१४ फागुन
क्रान्तिकारी कम्युनिस्ट पार्टी, दाङले एक वक्तव्य प्रकाशित गर्दै आफ्नो पार्टीका तुलसीपुर नगर समिति सदस्य गोमा भण्डारीकी आमाको निधनमा शोक व्यक्त गरेको छ । ८४ वर्षीय गोपाकुमारी भण्डारी तुलसीपुर उपमहानगरपालिका – ३, गणेशपुर निवासी हुनुहुन्छ । उहाँ सो पार्टीका केन्द्रीय समितिका वैकल्पिक सदस्य शशिराम बुढाथोकीको सासूआमा भएको वक्तव्यमा जनाइएको छ ।

वक्तव्यमा गोपाकुमारीको निधनले आफ्नो पार्टी मर्माहत भएको जनाएको छ । गोपाकुमारीको परिवारले महान् जनयुद्धका क्रममा छापामारहरुलाई सेल्टर दिने तथा खानपिन र सुचनासञ्चारमा पनि महत्वपूर्ण सहयोग गरेको थियो ।