काठमाडौं । मंसिर १३ देखि २३ गतेसम्म ऐतिहासिक महाधिवेशन सम्पन्न गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले षौष १० गतेसम्म देशैभर सन्देशसभा गर्ने भएको छ ।

सातवटै प्रदेशका जिल्लाहरुमा आफ्नो अनुकूलतामा एकता महाधिवेशनको भाव सम्प्रेषणका लागि सन्देशसभाहरु गर्न पार्टी महासचिव मोहन वैद्य किरणले पार्टीपंक्तिमा केन्द्रीय कार्यालयको तर्फबाट सर्कुलर जारी गरिसक्नु भएको सम्बद्ध पार्टी स्रोतले जानकारी दिएको छ । सो सम्बन्धी मूर्त योजना निर्माण गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिइएको छ ।

पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले नयाँ कार्यविभाजन गरी जिम्मेवारी नतोक्दासम्म पार्टीको नियमित काम पुरानै जिम्मेवारी अनुसार गर्न र गराउन पनि निर्देशन दिइएको छ । नवनिर्वाचित केन्द्रीय समितिको बैठक माघको पहिलो साताभित्र गर्ने पनि पार्टी एचक्यूले जानकारी दिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले माओको १३२औं जन्म दिवस (डिसेम्बर २६, तदनुसार पुष ११ गते) देशैभरि भव्यरुपमा मनाउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर