काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना–सञ्चार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । सूचना–सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज गुणप्रसाद लोहनीको अध्यक्षता र सूचना–सञ्चार तथा प्रकाशन संगठन समितिका संयोजक हुकुमबकहादुर सिंहको संचालनमा सम्पन्न भएको बैठकले हाँक साप्ताहिक, वर्गदृष्टि साप्ताहिक, रातोखबर साप्ताहिक, मूलबाटो डटकम, हाँक डटकम र इरातोखबर डटकम लगायतका मिडियाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णय गरेको प्रकाशन समितिका संयोजक हुकुमबहादुर सिंहले जानकारी दिनुभयो ।
बैठकमा उल्लेखित मिडियाका व्यवस्थापन र सम्पादनको क्षेत्रमा कार्यरत व्यवस्थापक र सम्पादकहरुको उपस्थिति रहेको थियो । बैठकमा वर्गदृष्टि मिडिया प्रा.लि.सञ्चालक समितिका अध्यक्ष रामसिंह बुढाथोकी, हाँक साप्ताहिक प्रालिका अध्यक्ष कृष्ण पौडेल, रातोखबर प्रा.लि.का अध्यक्ष गुणराज लोहनीको उपस्थिति रहेको थियो ।
बैठकमा मूलबाटो डटकमका सम्पादक हिरामणी दुःखी, वर्गदृष्टि साप्ताहिकका सम्पादक इन्द्र राउत, हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा, रातोबखर साप्ताहिकका सम्पादक बद्रीकुमार चौलागाई उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी व्यवस्थापन तर्फ वर्गदृष्टि मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक हुकुमबहादुर सिंह, हाँक साप्ताहिक प्रा.लि.का प्रबन्धक गंगा पौडेल, रातोखबर प्रा.लि.का प्रबन्ध निर्देशक भीम चापागाईको समेत उपस्थिति रहेको थियो । बैठकमा रातोबखर प्रा.लि.का सञ्चालक सदस्य अम्बीका चन्द र वर्गदृष्टि मिडियामा कार्यरत अनु निरौलाको उपस्थिति रहेको थियो ।
बैठकमा समितिको तर्फबाट हुकुमबहादुर सिंहले प्रस्ताविक मिडिया नीति प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत नीतिगत प्रस्तावमाथि उपस्थित सबैले आवश्यक सुझाब राख्नुभएको थियो ।
बैठकले मिडियालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ, जसमा प्रकाशनहरुको व्यवस्थापन वर्तमान अवस्थालाई नै कायम राख्दै तर सम्भव भएसम्म प्रेस, डिजाइनर, वितरक एउटै माध्यम र व्यक्तिमार्फत् गर्न पहल गर्ने, असारको अन्तिमबाट पोड काष्ट संचालन गर्ने, व्यवस्थापन र सम्पादनमा केही जनशक्ति थप गर्ने आदि निर्णय गरेको छ ।
बैठकले प्रकाशन विभागमा रहने सदस्यहरुको आफनो प्रकाशन संचालन गरेको हुन नहुने कुरामा जोड दिएको छ । सबै प्रकाशनहरुका विज्ञापन तथा अन्य आयलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने, नियमित रुपमा आयव्यय विवरण प्रस्तुत गर्ने आदि महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले मिडियाहरुको चुस्त व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि रामसिंह बुढाथोकी, कृष्ण पौडेल, गुणराज लोहनी र हुकुम सिंहको एउटा कार्यदल बनाएर अनुगमन र मूल्याङ्कनको काम गर्ने पनि निर्णय गरेको छ ।