काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य एवं अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का पूर्व अध्यक्ष नारायण सापकोटाको जेठ २८ गते ४९ वर्षको उमेरमा असामयिक निधन भएको छ ।
सापकोटाको केही समय अघिदेखि ब्रेन ट्युमरको (२०८० आश्विन ५ गतेदेखि चैत्र १२ सम्म) उपचार भरतपुर क्यान्सर अस्पतालमा भएको थियो । उपचारकै क्रममा उहाँ अचेत हुनुभयो । काठमाडौंस्थित उहाँको डेरामा राखेर उहाँको रेखदेख घर परिवारबाटै भइरहेको थियो । अहिलेसम्म उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो । २८ गते विहान उहाँलाई केही असजिलो भएपछि तुरुन्तै वीर अस्पतालमा ल्याइएको थियो । अस्पताल पु¥याएको केही समयपछि चिकित्सकहरुले मृत घोषणा गरेको परिवारस्रोतले बताएको छ ।
मृतक सापकोटाको शव सोमबारै पशुपति आर्यघाटमा राखिएको छ । भोलि (मंगलबार) बागलुङबाट उहाँका आफन्तहरु आएपछि विहान ११ बजेतिर आर्यघाटमा अन्तेष्टी गर्ने कुरा पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लामो समयसम्म विद्यार्थी संगठन अनेरास्ववियु (छैठौं) मा काम गर्नुभएका नारायण सापकोटा २०६३ सालमा एकताकेन्द्र–मसाल विभाजित भए पछि मसालको नजिक रहेर ट्रेड युनियनको अध्यक्ष भई मजदुर संगठनमा लामो समयसम्म काम गर्नु भएको थियो । मसाल भित्र अन्तर्संघर्ष हुँदा उहाँ क्रान्तिकारी धारको पक्षमा उभिनु भयो । मसालको पुनर्गठन भई नेकपा (मशालं) बनेपछि उहाँ विशेष महाधिवेशनबाट पोलिट्व्यूरो सदस्य चुनिनु भएको थियो । गत २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता भएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सचिवालय सदस्य रहनु भएको थियो । उहाँको श्रीमती र २ छोरीहरु हुनुहुन्छ ।