जेष्ठ ७ सुर्खेत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशको एकता अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनका प्रमुख वक्ता पार्टीका केन्द्रीय सह–संयोजक शन्तबहादुर नेपाली,के का सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदी, के. का सदस्य तथा युवा जनस्वयमसेवकका इन्चार्ज दिपक चलाउने, र पार्टी के का सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्जहरुले एकताका अधिवेशन वारे पार्टी केन्द्रले दिएको निर्देशनलाई सहि ढंगले उत्साह पुर्वक कार्यान्वयन गर्न निर्देशन गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता संगम र संचालन दिपक शाहीले गर्नु भएको थियो ।