इटहरी÷क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नम्बर प्रदेश संगठन समितिले भव्य रुपमा ३५ औँ जनआन्दोलन दिवस मनाएको छ ।
चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवस मनाउन नारा जुलुश सहितको ¥याली निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको इटहरी शहरलाई परिक्रमा गरि म्याजिक स्टेसन पुगेर सभा गरेको थियो ।
उक्त सभाको प्रमुख अतिथी पार्टीका सल्लाहाकार समितिका सह—संयोजक कमल चौधरीले समानुपातिक र आत्मनिणर्यको अधिकार सहितको संघियजनगणतन्त्र ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी आन्दोलनमा होमिएको बताउनु भयो ।
सोहि सभामा बोल्दै पार्र्टीका केन्द्रिय कार्यालय सदस्य तथा मजदुर संगठनका केन्द्रिय संयोजक दिनेश शर्माले २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै ३५ औँ जनआन्दोलन दिव भव्य रुपमा मनाउनुको छुट्टै सार्थकता रहेको बताउनु भयो । उहाँले अघिल्ला आन्दोलनहरु बाट भएका धोका र कमजोरीहरुबाट पाठ सिक्दै संघीय जनगणतन्त्रको लागि आन्दोलनको तयारी गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनआन्दोलन दिवस देशैभरी भव्य रुपमा मनाएको स्पष्ट पार्नु भयो । उहाँले सबै नेपालीको हितमा रहेको संघियजनगणतन्त्र स्थापना गर्नका लागि एकपटक जनविद्रोहमा उत्रिन सबैलाई आह्वान समेत गर्नु भयो ।
यसरी नै सभामा पार्टीका केन्द्रिय सदस्यद्वय अम्बिका रेग्मी ,अमर परियार र पार्टीका केन्द्रिय सल्हाकार समिति सदस्य पारसले जनआन्दोलनको महत्व र आवश्यकता बारे धारणा राख्नु भएको थियो ।
सभामा पार्टीका सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक नरेश , पार्टीका सचिवालय सदस्य तथा मोरङ्ग इन्चार्ज बिमल निरौला , सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहन तामाङ्ग , सचिवाल सदस्य सागर लिम्बु र प्रदेशमा रहेका केन्द्रिय सदस्य तथा पार्टीका केन्द्रिय सल्लाहाकार सदस्यहरुको उपस्थिती रहेको थियो ।
सभामा जनवादी तथा देशभक्तीपुर्ण गित तथा नृत्य प्रस्तुत गरेर जनवादी कलाकारहरुले मनोरञ्जन दिलाउनु भएको थियो भने यसै सभाको अवसर पारेर दलाल सत्ताले विनाकारण हिरासतमा राखेर रिहाई गरेका तीनजना कमरेडहरुलाई स्वागत गरिएको थियो ।
सो सभाको अध्यक्षता पार्टीका कार्यालय सदस्य तथा प्रदेश १ का इन्चार्ज÷संयोजक निर्मलले गर्नुभएको थियो । सभाको संचालन पार्टीका सचिवालय सदस्य तथा प्रदेश सह—संयोजक सरलले गर्नु भएको थियो भने सभामा उपस्थित भएका सम्पुणर्लाई सचिवालय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।