नवलपुर : पूर्वी नवलपरासीको कावासोतीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले २९ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरी मनाएको छ ।
कावासोतीको फलफूल चोकमा रहेको नयाँ नेपाल सहिद प्रतिष्ठान पार्कमा शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाएको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक अशोक लम्सालले अहिले देशमा देशभक्त क्रान्तिकारीहरु एकतर्फ र भूमाफिया, दलाल, पूजीपतिहरु अर्कोतर्फ गरी दुई कित्तामा विभाजन भएको बताउनुभयो ।
उहाँले नेपाललाई सत्ताधारी दलहरुले बेरोजगार उत्पादन गर्ने थलो बनाएको आरोप लगाउँदै नेपाली युवायुवतीहरुलाई विदेशमा बेचेर रेमिट्यान्समा आएको पैसामा भ्रष्टचार गरेर रमाउनेहरुलाई पार्टीले कारवाही गर्न थालेको बताउनुभयो । उहाँले आफ्ना पार्टीले केही ठाउँमा तेस्ता भ्रष्टचारीहरुलाई कालोमोसो दलेर कारवाही गरेको पनि जानकारी दिनुभयो ।