क्रान्तिकारी युवा संगठनको निशानामा भ्रष्टाचारी : यातायातका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दलियो कालोमोसो

क्रान्तिकारी युवा संगठनको निशानामा भ्रष्टाचारी : यातायातका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दलियो कालोमोसो

काठमाडौँ । भ्रष्टाचारीहरुमाथि एकपछि अर्को एक्सन गर्दै आएको क्रान्तिकारी युवा संगठनले सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलेको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको सम्बद्ध स्रोतले जनाएको छ ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले रिजालको कार्यकक्षमै पुगेर कालोमोसो दलेको जिल्ला प्रहरी परिसर काठमाडौँले समेत पुष्टि गरेको छ । पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ । यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ ।

यता क्रान्तिकारी युवा संगठनले देशैभर भ्रष्टाचारीहरुमाथि एकपछि अर्को एक्सन गरिरहेको छ । संगठनले अब हाइप्रोफाइल भ्रष्टाचारीहरुलाई निशाना लगाउन थालेको छ ।