कमरेड माओ त्से तुङको १३१ औं जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वक्तव्य जारी : ‘माओले देखाएको बाटोमा सदैव अगाडि बढौं !’

काठमाडौं । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ त्से तुङको १३१ औं जन्मदिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा माओले देखाएको बाटोमा सदैव अगाडि बढ्न आव्हान गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “माक्र्सवाद–लेनिनवाद–माओवाद अहिले पनि कम्युनिस्टहरुका लागि वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने र साम्यवादका लागि अगाडि बढ्ने अमोघ अस्त्र हो । यो अस्त्रबाट सर्वहारा वर्गलाई सुसज्जित गर्ने महान् दार्शनिक माओत्से तुङलाई १३१औ जन्म दिवसको अवसरमा हार्दिक स्मरण गरांै, उहाँप्रति सम्मान व्यक्त गरांै, माओले देखाएको बाटोमा सदैव अगाडि बढौं ।”

यस्तो छ पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यको पूर्णपाठ :
“आजभन्दा १३१ बर्ष अगाडि आजकै दिन २६ डिसेम्बर १८९३ मा माओत्से तुङको जन्म भएको थियो । हुनान प्रान्तको शाओसान गाउँको एउटा सम्पत्र किसान परिवारमा जन्मनु भएका माओले युवा अवस्थामै १९११को सिन्हाई क्रान्ति र १९१९ को मे चौथो आन्दोलनबाट प्रभावित हुनु भयो । माओ त्से तुङ १९२१ को जुलाईमा गठन गरिएको चिनिया कम्युनिस्ट पार्टीको संस्थापक सदस्य हुनु भयो र १९२७ को किसान आन्दोलनको नेतृत्व गर्नु भयो ।

१९२२ मा नै चिनिया कम्युनिस्ट पार्टी दुई भागमा विभाजित भएको थियो । संस्थापक सदस्यहरु तेङ चोङसी, र ली ताआचोले नेतृत्व गरेको एउटा खेमा “पुँजीवादी राष्ट्रिय क्रान्ति”को पक्षमा थियो भने चाङ कोताओ, (श्जबलन न्गयतबय) लु चेङलोङ , हे मेङसी , छन् तुसु को अर्को खेमाले साम्राज्यवाद विरोधी नारा दिएको थियो । यी दुवै प्रवृत्तिले तत्कालीन चिनिया समाजको सतही पक्षलाई सम्बोधनगर्न खोजे पनि जनताको वास्तविक अर्थ–राजनीतिलाई पक्रिन सक्दैनथ्यो । तेश्रो कम्युनिस्ट अन्तर्राष्ट्रिय, कोमिन्टर्नका एक नेता मिखाईल मार्कोविच बोरोडिनको मध्यस्थतामा चिनिया बुर्जुवा पार्टी कोमिन्ताङ र चिनिया कम्युनिस्ट पार्टी बीच १९२३मा संयुक्त मोर्चा बन्यो, जुन एक प्रकारको पार्टी एकता थियो जसमा सीपीसीको अनुशासनमा रहने गरी कोमिन्ताङको संगठनमा पार्टीलाई मिलाइएको थियो । १९२७ मा साङघाई हत्याकाण्ड चलाउँदै कोमिन्ताङले सीपीसीसँगको संयुक्त मोर्चा तोड्न पुग्यो । साङघाई हत्याकाण्डको प्रतिरोध नान्चाङ र चाङसाको विद्रोहबाट सीपीसीले ग¥यो । १९३० मा चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक केन्द्र गाउँतिर स¥यो र त्यहाँ आधार क्षेत्रहरु निर्माण हुँदै गए ।

कोमिन्ताङले आधार क्षेत्रहरुबाट पनि घेरा हालेर लखेटे पछि १९३४–१९३५ सम्म लङमार्च अभियान चल्यो र नयाँ आधार क्षेत्रहरु निर्माण गरिए । जनवरी १९३५मा सम्पत्र चुनी सम्मेलनले चिनिया नेता बो गु, सहित सीपीसीका नेताहरुको आलोचना ग¥यो, अन्तर्राष्ट्रिय सल्लाहकार ओट्टो ब्राउन, लीलीसान र चुचु पाईको योजनाको आलोचना गरियो । त्यो बैठकमा चाउ एनलाईको पनि आलोचना गरिएको थियो, तर उहाँले नेतृत्वमा निरन्तरता पाउनु भयो । माओ त्से तुङले पार्टीभित्र देखापरेका गलत प्रवृत्तिका विरुद्ध निर्मम संघर्ष गर्नु भयो । त्यही बैठकले माओ त्से तुङलाई स्थायी समितिमा निर्वाचन ग¥यो । चिनिया कम्युनिस्ट पार्टीमा माओको पदोत्रतिले रणनीति, कार्यनीति र कार्यक्रममा रणनीतिक स्थानान्तरण ग¥यो । ग्रामीण किसानलाई आधारभूत क्रान्तिकारी वर्ग बनायो ।

माओको नेतृत्वमा चुनई सम्मेलनपछि लम्बे अभियान पुनः संचालन गरियो र त्यो सान्सी हुँदै एनान पुग्यो । १९३७ देखि १९४५ सम्मको जापानविरोधी युद्धमा माओले संयुक्त मोर्चा बनाउनु भयो । जापानी साम्राज्यवादको पराजय र दोश्रो विश्वयुद्धको समापनसँगै माओको नेतृत्वमा पुनः गृहयुद्ध सुरु भयो । १९४६मा घोषणा गरिएको सम्विधान सभाकामा चिनिया कम्युनिष्ट पार्टीले भाग लियो, तर माओ लगायतका नेता सहित पाटीलाई सरकारले प्रतिबन्ध लगायो । अमेरीकी साम्राज्यवादको समर्थन प्राप्त कोमिन्ताङ सरकार अन्ततः पराजित भयो र १ अक्टोवर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापित भएको घोषणा माओ त्से तुङले गर्नु भयो ।

जनवादी गणतन्त्र चीन स्थापना भएपछि चिनिया कम्युनिष्ट पार्टीमा उथलपुथलपूर्ण लाइनसंघर्ष चले । जनवादी गणतन्त्र स्थापना हुँदा माओसँगै लीन पियाओ, लीउ साओ ची, चाउ एनलाई, तेङ सियाओपिङ रहेका थिए । १९५३ मा समाजवादमा संक्रमण गर्न लिउ साओचीले अवरोध गरेका थिए । १९५८ देखि १९६१ सम्म महान् अग्रगामी छलाङको कार्यक्रम लागु गरियो । देशमा विकास भएको आर्थिक उत्रति र वृहत पुँजीलाई कसले नियन्त्रण गर्ने भत्रे होड पार्टी भित्रै रहेका पुँजीपन्थीहरुमा चल्यो । सत्तासीन पार्टीमा पैदा भएका पुँजीवादीहरु नियन्त्रण गर्न, जनताको राजनीतिक, सास्कृतिक, एवम् सामाजिक रुपान्तरण गर्न १९६६ देखि १९७६ सम्म महान् सर्वहारा सास्कृतिक क्रान्ति संचालन गरियो । १० वर्षसम्म चलेको महान् सर्वहारा सास्कृतिक क्रान्ति समाजवादी व्यवस्था भित्रै पुँजीवादका विरुद्धको नयाँ र महान् जनयुद्ध थियो र त्यो जनतालाई नयाँ सास्कृतिक स्थानमा पु¥याउने नयाँ क्रान्ति थियो । ९ सेप्टेम्बर १९७६ मा माओको देहान्त भयो ।

आफ्नो जीवनमा माओत्से तुङले चीन जस्तो पिछडिएको देशमा नयाँ जनवादी÷समाजवादी क्रान्ति मात्र गर्नु भएन उहाँले, समाजवादी सत्ताभित्रै अर्को महान् क्रान्ति गर्नु भयो, त्यो थियो महान् सर्वहारा सास्कृतिक क्रान्ति । १९२७ को हुनान किसान आन्दोलनको नेतृत्वदेखि १९४९को नयाँ जनवादी क्रान्ति र १९५३को समाजवादी संक्रमण र १९६६ देखि १९७६ सम्मको महान् सर्वहारावादी सास्कृतिक क्रान्तिसम्म आउँदा माओत्से तुङले द्वन्द्वात्मक भौतिकवादी विज्ञान माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा उठाउनु भयो ।

माक्र्सवाद–लेनिनवाद–माओवाद अहिले पनि कम्युनिस्टहरुका लागि वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने र साम्यवादका लागि अगाडि बढ्ने अमोघ अस्त्र हो । यो अस्त्रबाट सर्वहारा वर्गलाई सुसज्जित गर्ने महान् दार्शनिक माओत्से तुङलाई १३१औ जन्म दिवसको अवसरमा हार्दिक स्मरण गरांै, उहाँप्रति सम्मान व्यक्त गरांै, माओले देखाएको बाटोमा सदैव अगाडि बढौं ।”

thumbnail of Mao Statement