राजनीतिक अर्थशास्त्र : स्कुलिङ नोट – १

राजनीतिक अर्थशास्त्र : स्कुलिङ नोट – १

प्रस्तुति :
राजनीति र अर्थतन्त्र परस्पर सम्बन्धित छन् । अर्थतन्त्र आधार हो र राजनीति यसैमा उभिएको हुन्छ । माक्र्सवादी राजनीतिको काम श्रमजीवी वर्गलाई सम्पत्तिको मालिक बनाउन अर्थतन्त्रलाई व्यवस्थित गर्ने हो । हामी कम्युनिस्टका लागि अर्थशास्त्र अध्ययनको एउटा महत्वपूर्ण विषय हो । कम्युनिस्ट पार्टीका सबै सदस्यहरुमा अर्थशास्त्रको आधारभूत ज्ञान हुनु आवश्यक छ । यसले स्कूलिङ्को महत्व दर्शाउँछ ।


अर्थशास्त्र र अर्थतन्त्र शब्दको उत्पत्ति :
आजभन्दा करिव २५०० वर्षभन्दा पहिले देखिनै अर्थशास्त्र भन्ने शब्द प्रयोग हुँदै हाएको छ । अर्थशास्त्र (Economics) प्राचीन ग्रीक शब्द “ओइकोनोमोेस” (Oiko nomos) (घर गृहस्थीको नियम) र अर्थतन्त्र (Economy) प्राचीन ग्रीक शब्द “Oikonomia” बाट आएको हो । यसकोे शाब्दिक अर्थ “घरपरिवार व्यवस्थापन गर्ने कार्य” हुन्छ । फ्रान्सेली व्यापारीहरूले सार्वजनिक प्रशासनसँग सम्बन्धित मामिलाहरूका लागि “अर्थव्यवस्था राजनीति“ वा राजनीतिक अर्थतन्त्र भन्ने पदावली प्रयोग गरे ।

प्रचीन अर्थशास्त्रीय विचारकहरु 
प्लेटो (४२७–३४७ ई.पू.)
सम्पत्ति र शासन : प्रत्येक वर्गका मानिसहरूका लागि प्लेटोले आदर्श सम्पत्ति व्यवस्थाको सुझाव दिएका थिए । किसान र कारीगरहरूलाई मात्र नाफाको लागि काम गर्न अनुमति दिइएको थियो र सम्पत्ति जम्मा गर्न सक्थे । त्यतिबेला शासक र सहायक कर्मचारीहरूलाई सम्पत्ति जम्मा गर्ने अधिकार थिएन ।

अरस्तु (३८४–३२२ ई.पू.)
उनले आर्थिक समस्यालाई राजनीतिक दृष्टिकोणबाट हेर्दथे । सामुदायिक सम्पत्तिले विवाद निम्त्याउँछ भन्ने तर्कका आधारमा उनले निजी सम्पत्तिको पक्षपोषण गर्दथे । अरस्तुले अर्थतन्त्रलाई दुई भागमा विभाजन गरेका थिए । एक, प्राकृतिक अर्थतन्त्र वा घरायसी व्यवस्थापन र दुई, कृत्रिम वा धन प्राप्त गर्ने अर्थतन्त्र । उनले व्यापारिक कारोबारलाई सहज बनाउन पैसा प्रयोगमा ल्याएको बताए । उनले उपयोग मूल्य र विनिमय मूल्यको अवधारणा अगाडि सारे ।

कौटिल्य (३१७–२९३ इ.पू)
कौटिल्यको नाम विष्णु गुप्त थियो । कूटनीति र राजनीतिक रणनीतिमा विज्ञ भएकाले उनलाई कौटिल्यको नामले चिनिन्छ । उनी चन्द्रगुप्त मौर्यका मुख्यमन्त्री थिए । कौटिल्यले आफ्नो ग्रन्थ अर्थशास्त्रमा राजा, मन्त्री र सरकारी अधिकारीहरूको प्रशासनिक कार्यविधिको स्पष्ट वर्णन गरेका छन् । यस ग्रन्थमा अर्थशास्त्रको सिद्धान्त र अभ्यासका प्रायः सबै पक्षलाई समेटिएको छ ।

उनले राष्ट्रिय अर्थतन्त्रको विज्ञानलाई वार्ता भनेका छन् । यसमा कृषि, पशुपालन र व्यापार समावेश छन् । प्राचीन भारतमा, परिवारका सदस्यहरूको सन्तुष्टिको लागि, संचय गर्न होइन, आवश्यक हुने मात्र धन कमाउन व्यक्तिहरू स्वतन्त्र थिए । उनको पुस्तकमा कल्याणकारी राज्यको बारेमा प्रशस्त विचारहरू समेटिएका छन् ।

मध्ययुगीन अर्थशास्त्रीहरु :
सन्त थोमस अक्विना (१२२५–१२७४)
सन्त थोमस अक्विना अरस्तुका समर्थक मानिन्छन् । उनले आर्थिक आवश्यकता परिपूर्ति गर्नका लागि व्यापारलाई उचित ठह¥याए । उनले व्यापारीहरुले समाज सेवा गर्ने हुनाले उनीहरुलाई केही नाफा हुनुपर्छ भन्दथे । व्यापारीले आफ्नो श्रमबाट मालमा नयाँ मूल्य जोड्ने गर्दछ भन्ने उनको बुझाइ थियो । यसले मालको मूल्य निर्माणमा श्रमको भूमिका हुन्छ भन्ने मान्यता उद्घाटित ग¥यो । तर उनले व्यापारीहरुले गर्ने व्याजखोरी र शोषणको विरोध गर्दथे ।

इब्न–खल्दुन (१३३२–१४०६)
इब्न खल्दुन त्यति बेला ट्युनिसियाका प्रतिभाशाली अर्थशास्त्री थिए । उनको विचारमा मानव श्रम नै वस्तुको मूल्यको आधार हो । उनले विभिन्न देशमा मालको मूल्य फरक–फरक हुनु ती देशमा माल उत्पादन गर्न लाग्ने श्रमको मूल्य फरक भएर हो भने । यसैका आधारमा आदम स्मिथ र डेभिड रिकार्डोहरुले मूल्यको श्रम सिद्धान्त (Labour theory of value) प्रतिपादन गरेका हुन् । उनले ठुलाबडाको सम्पत्तिको आधार श्रमिकहरुको अदत्त श्रम (Unpaid labour)को मूल्य हो भनेका छन् । यस भनाइमा माक्र्सद्वारा प्रतिपादित अतिरक्ति मूल्यको आभास पाइन्छ ।

राजनीतिक अर्थशास्त्रले राजनीतिलाई अर्थतन्त्रले र अर्थतन्त्रले राजनीतिलाई कसरी असर गर्छ भन्ने अध्ययन गर्छ । राजनीतिक दलहरू सत्तामा आउँदा र छाड्दा, आर्थिक नीति प्रायः सत्तामा रहेका दलको विचार र लक्ष्यअनुसार देशमा फेरबदल हुन्छ ।

राजनीतिक अर्थतन्त्र :
राजनीतिक अर्थतन्त्र सामाजिक विज्ञानको एउटा शाखा हो । यो व्यक्ति, सरकार र सार्वजनिक नीतिको अन्तरसम्बन्धमा आधारित छ । राजनीतिक अर्थशास्त्रीहरूले संसारमा पुँजीवाद, समाजवाद र साम्यवाद जस्ता आर्थिक सिद्धान्तहरूले कसरी काम गर्छन् भन्ने अध्ययन गर्छन् । कुनै पनि आर्थिक सिद्धान्त भनेको स्रोतको सीमित मात्राको वितरणलाई निर्देशित गर्ने माध्यम हो जसले व्यक्तिहरूको ठुलो संख्यालाई फाइदा पु¥याउँछ ।


माक्र्सवादी राजनीतिक अर्थशास्त्रको पूर्वाधार :
क) काल्पनिक समाजवादी धारा :
थोमस मूर (१४४८–१५३५)
थोमस मुुर एकजना बेलायती अर्थ–राजनीतिक विचारक तथा पुँजीवादका कट्टर आलोचक थिए । उनले बहुसंख्यक व्यक्तिले सिर्जना गरेको सम्पत्ति सिमित व्यक्तिका हातमा रहुन्जेल समानता र सामाजिक न्याय नहुने उनको मान्यता थियो । उनले यो कुरा युटोपिया नामक पुस्तकबाट सार्वजनिक गरेका हुन् । उनले सामुहिक स्वामित्व र सामुहिक श्रममा आधारित समाजवादी समाजको कल्पना गरेका थिए । सामुहिक रुपमा उत्पादित सम्पत्तिको स्वामित्व पनि सामुहिक नै हुनुपर्दछ भन्ने उनको मान्यता थियो ।

जोहन मेल्यु (सन् १६६४–१७२९) फ्रेन्च समाजवादी विचारक हुन् । उनले पतनोन्मुख सामन्ती व्यवस्थाको कडा शब्दमा विरोध गरे । उनले सामन्ती व्यवस्थालाई बदल्नका लागि क्रान्तिको आवश्यकता औंल्याए । तर उनी क्रान्तिपछि निर्माण हुने आर्थिक सामाजिक ढाँचाबारे प्रस्ट थिएनन् ।

सेन्ट सिमोन (१७६०–१८२५) फ्रेन्च समाजवादी सिद्धान्तकार थिए । उनले परिकल्पना गरेको समाजवादी समाज अन्तर्गत स्वतन्त्र संघ निर्माण गर्नका लागि मानवीय प्रतिभा र भौतिक आवश्यकता केन्द्रीय विषय थिए । उनले समाजवादी समाजमा एउटा स्वतन्त्र संघ निर्माण गर्नुपर्ने मान्यता राख्दथे । त्यस प्रकारको समाजमा प्रत्येक व्यक्तिले आफ्नो क्षमता अनुसार काम र काम अनुसारको पारिश्रमिक पाउने व्यवस्था गर्नु पर्ने उनको विचार थियो ।

रोवर्ट ओवेन (सन् १७७१–१८५८) अर्का एकजना प्रख्यात समाजवादी चिन्तक थिए । उनी पुँजीवादका कट्टर विरोधी बेलायती नागरिक हुन् । उनको विचारमा निजी सम्पत्ति नै समाज विकासको प्रमुख अवरोध थियो । उनी मजदुर आन्दोलनमा आफै सहभागी हुन्थे । सामाजिक न्याय तथा प्रगतिका निमित्त सामूहिक उत्पादन र सामूहिक स्वामित्व हुनुपर्ने उनको मान्यता थियो ।

चाल्र्स फुरिए (सन् १७७२–१८५८) पुँजीवादका कट्टर विरोधी एकजना फ्रेन्च समाजवादी विचारक थिए । उनी त्यति बेलाका काल्पनिक समाजवादीहरु मध्येका एक हुन् । उनका विचारहरुले समाजवादी आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका थिए । ती मध्ये अमेरिकाको ओहियो, टेक्सास, न्युजर्सी आदि प्रदेशहरुमा उनको विचारमा आधारित समाजवादी समुदायहरुको निर्माण महत्वपूर्ण रहेका छन् ।

ख) माक्र्सपूर्वका आर्थिक चिन्तकहरु :
एडम स्मिथ (सन् १७२३–१७९०) आधुनिक राजनीतिक अर्थशास्त्रका जन्मदाता मानिन्छन् । उनले अर्थशास्त्रलाई सम्पत्तिको विज्ञान हो भनेका छन् । आदम स्मिथका अनुसार कुनै पनि मालको मूल्य त्यही माल उत्पादन गर्न लाग्ने आवश्यक श्रमको मूल्य हो । उनले माल, श्रम विभाजन र पुँजीको विश्लेषण गरे । उनले पुँजीपतिहरुको नाफा मजदुरहरुको श्रमद्वारा उत्पादित मूल्यको एउटा हिस्सा हो भने तर उनले यसको विस्तृत विश्लेषण गर्न सकेनन् । मालको मूल्य (ख्बगिभ) र बजारमा त्यसको मोलको भिन्नता छुट्याउन उनी असमर्थ रहे । मूल्यको श्रम सिद्धान्त राजनीतिक अर्थशास्त्रमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

डेभिड रिकार्डो (१७७२–१८२३) एकजना शास्त्रीय अर्थशास्त्री थिए । उनी ज्याला र नाफा, मूल्यको श्रम सिद्धान्त र भाडा (Rent) को सिद्धान्तका लागि प्रख्यात छ्न् । उनले १८१७मा “राजनीतिक अर्थशास्त्रको सिद्धान्त र कर प्रणाली” प्रकाशित गरे । यसले उनलाई विख्यात अर्थशास्त्रीको रुपमा चिनाउने काम ग¥यो । उनको अनुसार कुनै मालको मूल्य त्यो माल उत्पादनका लागि लाग्ने आवश्यक श्रम– कालद्धारा निश्चित गरिन्छ । उनको योगदानले अतिरिक्त मूल्यको खोज गर्नका लागि बलियो आधार तयार गरको थियोे । रिकार्डोले मूल्य र दाम (Value and Price) को बीच फरक गर्न सकेनन् ।

थोमस माल्थस (१७६६–१८४३) एकजना बेलायती अर्थशास्त्री थिए । उनले राजनीतिक अर्थशास्त्र र जनसंख्या सिद्धान्तमा महत्वपूर्ण योगदान रहेको छ । उनले जनसंख्या सिद्धान्तबारे एक निबन्ध (An Essay on the principle of population) नामको पुस्तक लेखे । त्यसमा जनसंख्या ज्यामितीय र खाद्यान्न उत्पादन अंकगणितीय ढंगले बढने कुरा बताए । यस सिद्धान्तका अनुसार उत्पादन कम र जनसंख्या बेसी भइरहने हुनाले उत्पादन र जनसंख्यामा सन्तुलन कायम गर्नका निमित्त समाजमा महामारी तथा युद्ध भइरहने कुरामा जोड दिए ।

राजनीतिक अर्थतन्त्रको सिद्धान्तमा महत्वपूर्ण क्रान्ति :
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा भएको उपरोक्त पूर्वाधारको गहन आलोचनात्मक अध्ययनका बीचबाट कार्ल माक्र्स (ज्ञडज्ञड–ज्ञडडघ)ले एउटा युुगान्तकारी महत्वको वैचारिक क्रान्ति गरे । उनले पुँजीवादी समाजमा हुने नाफा, ब्याज तथा भाडामा अन्तरनिहीत कारणहरुको खोजी गरे । श्रमजीवीहरुको अतिरिक्त श्रमको मूल्य नै पुँजीपति वर्गको आम्दानीको आधार हो । यो क्रममा नै उनले मूल्य र दामका बीच पैदाहुने अन्तर्विरोधको पनि हल गरे । उनले वस्तुको उपयोग मूल्य र विनिमय मूल्यका बीच पैदा हुने अन्तर्विरोधको कारण पनि पत्ता लगाए ।

कार्लमाक्र्स र फ्रेडरिक एंगेल्स (१८२०–१८९५)ले शास्त्रीय जर्मन दर्शन, फ्रेन्च काल्पनिक समाजवाद र बेलायती पुँजीवादी अर्थशास्त्रको आद्योपान्त आलोचनात्मक अध्ययनका बीचबाट माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादको विकास गरे । यसै क्रममा उनीहरुले समाज विकासको ऐतिहासिक भौतिकवादी अवधारणा अगाडि सारे । राज्यसत्ता, वर्गीय अधिनायकत्व र सर्वहारा वर्गको मुक्तिको एकमात्र बाटोको रुपमा सर्वहारा क्रान्ति र सर्वहारा अधिनायकत्वको सिद्धान्त आविष्कार गरे । यो दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको एकमुष्ट विकास थियो । तर, यहाँ हामी मुख्यतः राजनीतिक अर्थशास्त्रबारे अध्ययन गर्ने छौं ।

राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माक्र्सको पहिलो महत्वपूर्ण प्रकाशन १८४३ मा लिखित राजनीतिक अर्थशास्त्रको आलोचनाको रुपरेखा (Outlines of a critique of political Economy) हो । यो १८४४ मा प्रकाशित भएको थियो । उनको १८५९मा प्रकाशित राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान (A Contribution to the Critique of Political Economy) भन्ने कृतिमा यस बारे चर्चा गरिएको छ । यी रचना माक्र्सीय राजनीतिक अर्थशास्त्रका आधारशीला मानिन्छन् । अर्थात् माक्र्सद्वारा लिखित पुँजीका ४ ठेलीहरु यसैको जगमा उभिएका छन् । यी कृतिहरु पुँजीवादी उत्पादन प्रणालीको आलोचनात्मक अध्ययनमा केन्द्रित छन् । यी ४ ठेलीहरु मध्ये पहिलोले पुँजी उत्पादनको विश्लेषण गरेको छ, दोस्रोले पुँजी परिचालनको प्रकृयाको जाँच पड्ताल गरेको छ, तेस्रोले सम्पूर्ण पुँजिवादी उत्पादनको विश्लेषण गरेको छ र चौथोले “अतिरिक्त मूल्यको सिद्धान्त” प्रतिपादन गरेको छ । अतिरिक्त मूल्यको सिद्धान्त यस्तो सिद्धान्त हो जसले पुँजीवादलाई गंभीर चुनौती दिएको छ, सर्वहारा वर्गको मुक्तिको बलियो हतियार बनेको छ । कसैले पनि यसमाथि आजसम्म प्रश्न उठाउने हिम्मत गरेको छैन । अतिरिक्त मूल्यको सिद्धान्तले माक्र्सवादी राजनीतिक अर्थशास्त्रलाई एउटा विज्ञान प्रमाणित गरेको छ ।

माक्र्सपछि राजनीतिक अर्थशास्त्रमा विकास
माक्र्सपछि राजनीतिक अर्थशास्त्रमा महत्यपूर्ण योगदान दिनेहरुमा मूख्यतः लेनिन र माओ आउँछन् । रुसमा पुँजीवादको विकास नामक लेनिनको पुस्तकले रुसमा सर्वहारा क्रान्तिको मार्गदर्शन गरेको थियो । सन् १९१७मा प्रकाशित पुस्तक साम्राज्यवाद पँुजीवादको उच्चतम चरण (Imperialism, the Highest Stage of Capitalism) ले साम्राज्यवादी युगमा पुँजीवादको गहनतम विश्लेषण गरेको छ । माक्र्सले एउटै मात्र देशमा समाजवादी क्रान्ति संभव छैन कम्तिमा पनि युरोपका धेरै विकसित देशहरुमा एकै चोटि क्रान्ति हुनु अनिवार्य छ भनेका थिए । तर लेनिनले साम्राज्यवादको कडी कमजोर भएको एउटै देशमा पनि समाजवादी क्रान्ति संभव छ भने । रुसमा समाजवादी क्रान्ति सम्पन्न भए पछिको युगलाई स्तालिनले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भनेका थिए । यो मान्यता आज पनि सही छ ।

माओले अर्ध–सामन्ती तथा अर्ध÷नव–औपनिवेशिक युगमा दलाल तथा नोकरशाही पुँजीवादको विश्लेषण गरेका छन् र यस प्रकारको पुँजीवाद नयाँ जनवादी क्रान्तिको दुश्मन हो । यो खास गरी हाम्रो जस्तो साम्राज्यवादद्वारा उत्पीडित देशमा हुने क्रान्तिका लागि निकै महत्वपूर्ण योगदान हो । दोस्रो विश्वयुद्ध पछि विकसित नवउपनिवेशवाद अवको क्रान्तिका लागि एउटा गंभीर चुनौती बनेको छ । साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा नवउपनिवेशवाद क्रान्तिका लागि गंभीर अवरोध बनेको छ । हाम्रो देशमा नव उपनिवेशवाद र दलाल तथा नोकरशाही पुजीवादको चपेटामा परेको छ । यसको गहिरो विश्लेषण र तदनुसारको कार्यदिशा विकास नगरी नेपालमा क्रान्तिको विकास संभव छैन । 

(हालै सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय स्कूलिङ कार्यक्रममा प्रस्तुत नोटमा आधारित)