आमा छोरी चेलीलाई समाजमा अगाडि बढ्ने , बोल्ने पढ्ने अधिकार थिएनँ । सानैमा विवाह भएर पराइ घर जानू पर्ने र परघरको बुहार्तन खानु पर्ने, बुहारी भनेपछि घरको एक दासी कै रुपमा हेरिन्थ्यो त्यस्तै व्यबहार हुन्थ्यो , उनीहरुलाई केबल घरको काम गर्ने सासू ससुराको सेवा गर्नु श्रीमानलाई खुशी बनाउनु र बच्चा जन्माउनु त्यो बाहेक अरु कुनै अधिकार थिएन। आफुलाई पर्ने जस्तोसुकै समस्यामा सहनु बाहेक अर्को बिकल्प नै थिएन ।
तर तीजमा र रत्यौलीमा भने महिलाहरु स्वतन्त्र भएर नाच्न गाउन पाउने समाजले हक प्रदान गरेको थियोे । त्यो बाहेक भजनमा पनि महिलाहरुलाई जान बन्देज थियो नाच्न गाँउन जान टाढाको कुरो भयो ।
त्यसैले नेपाली महिलाहरूले जनैपूणिर्मा देखि नै गीत गाउने चलन चाहिँ थियोे नै । गाउघर वोल्लो पल्लो घरका दिदीबहिनी साथीभाइ मिलेर पालैपालो बेलुकी खानपिन सकि जम्मा हुन्थे र आफ्नो मनमा कुन्ठिएका भावना पोखेर रमाउथे । मादल बजाउन पनि छोरी चेलीलाई दिइन्नथ्यो कोही एक जना दाजुभाइले बजाउथे, वरिपरि दाजुभाइ घेरो लगाएर हेर्थे र दिदीबहिनी नाच गान गर्थे
। केही समयपछाडी २०३६ पछाडि भने महिलाहरुले तीजलाई एक सास्कृतिक।क्रान्ति र अबसर ठान्दै बिद्रोहका गीत पनि गुन्जाए जस्तै“ दैलामुनी फुल फुल्यो चौरी गाइले खाने छ पञ्चायती ब्यवस्थाको पैरो जाने छ “ भन्ने जस्ता गीत गाएर ब्यवस्थाप्रति पनि ठाडो प्रहार गरे
साहित्य भनेको समाजको दर्पण हो यसैले समाजमा गाएका गीतहरूले अवस्य पनि मनोरञ्जन साथै चेताना पनि दियो भने मात्रै त्यो शिक्षाको ज्वती बनेर रहन्छ ।
कतिपय तीजका गीतले अधिकार आबाज पनि उठाए । पढ्न लेख्न पाउन पर्छ भन्दै छोराछोरी बराबरको माग राखे र गइए जस्तै “उठ उठ दिदीबहिनी अब डर छैन एक मात्रै हातले ताली बज्दैन“ अधिकारमा समानता आवाजहरू बुलन्द पारेँ कहिलेकाही दलिय सिद्धान्तका कुरा पनि घुसेको हुन्थे ।
यसरी अगाडि बढेको तीज २०६५ पछाडि भने गीत पनि झ्याउरे लयमा एकाएक घुसे । ती अश्लील बनेर आए राम्रा भन्दा छाडा भएर , तिनै मात्र बिक्री भए राम्रा र नराम्रो भन्दा पनि पैसा र पहुँचको आधार जो चलेका गाएक छन् शक्ति सत्ताको निजिक छन् तिनैका पैसामा बिक्री भए मिडियाले पनि त्यस्तैलाई प्रसय दिए । बाबा आमा दाजुभाइ सामु सुन्न पनि लाज लाग्ने किसिमका सस्कृती बचाउने हैन बिकृति फैलायो ।
ठाउँ ठाउँमा महिला समूह बनाउने एक महिना अगाडि देखि नै दर खाने पार्टी प्यालेसमा दर हैन मदिरामा लठ्ठीएर तीज मनाउने गरेको पनि देखिन्छ । पुजीवादी बजारमा अनेकौं किसिमका पहिरन , गहना उत्पादन हुन्छन् नै त्यसको प्रयोग कसरी गर्ने भन्ने आफ्नो हातमा नै निहित हुन्छ । पहिला पहिला वर्षको एक पटक तीजमा नयाँ कपडा फेर्नै पुरानो चलन थियोे नै तर आजभोलि मान्छेमा आम्दानीको श्रोत फरक हुनु स्वभाविक पनि हुन्छ तर आवश्यकता भन्दा बढी किनेर आफुलााई सजाउन थाले एकजनाले लगाएपछि त्यस्तै लगाउन पर्ने समुहमा चिनिनेको नाउँमा एक रङ्गका साडी ब्लाउज लगाउन पर्ने बाध्यता सृजना भयो जसले गर्दा निम्न आयश्रोत भएकालाई साथमा नभएपनि ऋण काढेर भनेपनि लगाउनु पर्ने बाध्यता सृजना गरे। घरमा दैनिक नभै नहुने खर्च कटाौति गरेर भएपनि लगाउनै पर्ने भयो यसले घर परिवार आर्थिक संकट देखा पर्यो झन श्रीमानको भरमा मात्रै घर धान्ने गृहणीहरूमा श्रीमान् श्रीमती बिच बैमनस्यता कल झगडाको बिजारोपण हुन गयो तिजले सस्कृति बचाउने नाउमा हामी कहाँ पुग्यौं त ? समाजका शिक्षित महिलाहरूले सोच्न पर्ने आजको आवश्यकता हो।
धार्मिक मान्यता अनुसार हिमालय पर्वतकि पुत्री पार्वतीले आफ्नो पीताले आफुलाई मन नपरेको व्यक्ति विष्णुसँग विवाह गरिदिन लाग्दा मन नपरेको र मनपरेको व्यक्ति“ महादेव “उनैको साथ विवाह गर्ने इच्छा जाहेर गर्दा हिमालयले इन्कार गरे त्यसको विरोधमा पार्वतीले मन परेको व्यक्ति महादेव नै पति नपाएकोमा भागेर पानी पनि नखाई निराहार भई आजभोलि (अनशन )जस्तो बसी पीतासँग माग (आग्रह ) गरेकोे र पछाडि उनकै इच्छा बमोजिम विवाह सम्पन्न भएको र पार्वतीले आफ्नो जीवन साथी आफैंले रोज्ने अधिकार प्राप्त गरेको भनाइ पनि छ । त्यहीँ दिनलाई नेपाली महिलाहरूले हर्ष बढाइ गरी पर्वको रुपमा मनाएको हो भन्ने किम्बदन्ती पनि छ । मन परेका व्यक्तिसँग नै विवाह गर्ने अधिकार आफैमा निहित हुनुपर्छ भन्ने धार्मिक मान्यता पनि हुनसक्छ । यसलाई यसरी नै बुझौ , ।
आजपनि नेपाली महिलाहरूमा पितृसत्तात्मक सोँच विद्धामान नै छ । नेपाली दिदीबहिनी आमा छोरी चेलिहरूको दैनिक हत्या हिंसा बलत्कारको सिकार भई नै रहेका छन् । सत्ता ,श्रम , सम्पत्ति र शरिरमाथिको हक व्यावरत पुरुषकै हातमा निहीत छ । त्यसैले यसलाई हामीले पनि त्यसरी नै मनाअौ ।
देश काल समय र राजनीति परिवर्तन हुँदै जादा केही फेरबदल हुनु त स्वभाविक नै हुन जान्छ तर गलत दिशामा उन्मुख हुदा पक्कै पनि यो धर्ती सीगार्ने मालिक हामी आमा , नै भोलिका सन्ततीले धिक्कार्ने बिषय सृजना चाहिँ गर्नु हुदैन ।
त्यसकारण यो तीजलाई महिलाहरूको लागि विशेष दिदिबहिनी भेटघाट हुने वर्षभरिका आफ्नो कथा व्यथा पोख्ने उत्साह र उत्सव मात्रै नभएर संदेश दिई रमाउने दिनको रूपमा मनाउदा बढी प्रभावकारी हुन्छ । भेट्ने रमाउने कमसेकम एकहप्तामा सिमित गरी मनाउने होकी ? हामी सदाघरभित्र नै हुन्छौ कहिले खुशी भई रमाउने त ? यो प्रश्न अबस्य उब्जिन्छ किनभने हामी कहिले पनि बाहिर निस्कने आफू खुशीले हिड्ने नै छैन , त्यसैले चाडपर्व मनाउदा भोलि हामी र हाम्रा सन्ततिलाई पनि दिशा निर्देश बन्न सकुा भन्ने कुरामा ध्यान दिनुपर्छ नकी नकारात्मक सन्देश नदियोस् त्यसैले हामी सधैँ मर्यादित र सभ्य ढंगले समाज र आफू रुपान्तरण गर्ने पर्वको रूपमा नै मनाअौ ।





























