शताब्दीयौको मोडबाट साम्राज्यवादको उदयसंगै उपनीवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन– जापनिज युद्धलाई लिन सकिन्छ । रसियन– जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर चीन र कोरियामा रहेको मज्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागहरूमा उपनिवेशहरूलाई हडप्ने र पुन: हडप्नका लागि फैलिन सुरू भए । यसरी उपनिवेशवाद र युद्धको प्रश्नहरूमा सहि क्रान्तिकारी कार्यविधि लागु गर्न अन्तराष्ट्रिय सर्वहारा आन्दोलनका लागि संकटपूर्ण तर महत्वको हुन गयो ।
यो उल्लेखित घटनाहरु त्यससमयमा भए , जुन समय दोस्रो अन्तराष्ट्रियको कंग्रेसको पहिलो शिविर चलिरहेको थियो । अवसरवाद त्यसवेलासम्म, दोस्रो अन्तराष्ट्रियका पार्टीहरूभित्र एकदमै घनीभूतरूपले फैलिसकेको थियो । साम्राज्यवादी देशहरूमा रहेका पार्टीहरूका घेरै नेतृत्वदायी पक्षहरूले वास्तवमा घेरै निर्णायक राजनीतिक प्रश्नहरूमाथि पुँजीपतिहरुको दृष्टिकोण अपनाएका थिए । १९०७को दोस्रो अन्तराष्ट्रियको कंग्रेसमा यो स्पष्टसित देखियो जहाँ उपनिवेशवाद र युद्धको प्रश्नलाई पहिलो पटक बहसमा लिइएको थियो ।
उपनिवेशवादको प्रश्नमा, कंग्रेसको नेतृत्वदायी संस्था–कंग्रेस कमिसनले उपनिवेश सम्वन्धी नीतिमा एउटा प्रस्ताव पास गर्यो र यसलाई साधारण सभामा स्विकृतीका लागि पेश गरियो । यो प्रस्तावले नामका लागि मात्रै पुँजीपतिको उपनिवेश नीतिलाई आलोचना गर्दैगर्दा उपनिवेश हडप्ने सिद्धान्तलाई पूर्ण रूपले इन्कार गरेन् । वास्तवमा त्यसवारे यसले तर्कगर्यो कि एउटा समाजवादी शासन अन्तरगत उपनिवेशहरू हडप्नलाई ’सभ्यताको चाहनाहरू’मा गर्न सकिन्थ्यो । यी तथाकथित माक्र्सवादीहरूको एउटा खुल्ला साम्राज्यवादी कार्यविधि जनरल बोडि र प्रस्तावमा क्रान्तिकारीहरूद्धारा जबरजस्त विरोध गरियो तर अन्त्यमा पराजित गरियो, तर केबल सानो अन्तरले मात्रै १२७मा १०८ भोटले ।
नेतृत्वको यहि खालको अवसरवाद युद्धको प्रश्नमा लिएको अडानको सवालमा देखिएको थियो । बेबेल, एक जना जानेमाने नेता र माक्र्स र एङ्गेल्सका एकजना नजिकका अनुयायी र एशोसियटले यो प्रस्ताव तयार पारेका थिए । प्रस्ताव यद्धपि युद्धको घटनामा सदस्यहरूद्धारा लिइने कामको कोर्ष अथवा कुनै र्नििदष्ट दिशाविना छाडिएको थियो । यो फेरी क्रान्तिकारीहरूद्धारा– खासगरी जर्मनीकी रोजा लक्जमवर्ग र लेनिनद्धारा कडाइकासाथ विरोध गरिएको थियो । तिनीहरूले फेरी संशोधनको प्रस्ताव पेश गरे जसले युद्धबाट रक्षागर्नका लागि लडन, यदि सुरू भइहाल्यो भने युद्धको अन्त्यका लागि लडन्, र युद्ध भइहालेमा जनतालाई उठाउन र क्रान्ति ल्याउनका लागि आर्थिक र राजनीतक संकटको पुरा प्रयोग गर्न अन्तराष्ट्रियका सदस्यहरूलाई एउटा स्पष्ट दिशा दियो । यो माक्र्सले पहिले नै स्पष्ट रूपमा स्थापित गरिसकेको ‘युद्धमा क्रान्तिकारी सर्वहारा कार्यविधि’को एउटा निरन्तरता थियो । अवसरवादीहरूले खुल्ला रूपले यो बुझाइको विरोध गर्न नसकेकोले, यो प्रस्ताव कंग्रेसद्धारा पास गरियो । जब युद्धको खतरा नजिकीदै आयो अन्तराष्ट्रियका १९१० र १९१२का कंग्रेसहरूले फेरी छलफल गरे र युद्ध सम्वन्धी प्रस्तावहरू लागु गरे । तिनीहरूले निर्णय गरे कि संसदमा सबै समाजवादीहरूले युद्ध प्रशंसाका विरूद्ध भोट हाल्नु पर्दछ । तिनीहरूले लक्जमवर्ग र लेनिनद्धारा १९०७मा पेश गरिएको संशोधन प्रस्तावका शब्दहरू उनीहरूका प्रस्तावहरूमा पनि दोहोरिएको थियो । यद्धपि दोस्रो अन्तराष्ट्रियमाथिको अवसरवादको कब्जा यति बलियो थियो कि बहुसंख्यक नेताहरू जसले यी प्रस्तावहरू पारित गरेका थिए, यी निर्णयहरूद्धारा वाधिने मनसाय पुरै थिएन् । यो देखियो जब पहिलो विश्व युद्ध जुलाई–अगस्त १९१४मा विष्फोट भयो । जर्मन सामाजिक–प्रजातान्त्रिक पार्टी, जुन दोस्रो अन्तराष्ट्रियको विवादरहित नेता थियो, त्यसले नेतृत्व लियो । ट्रेड युनियन नोकरशाहहरूले युद्धका विरूद्ध र क्रान्तिका लागि मजदुरहरू उठाउन कोशिस गर्नुको वदलामा तुरून्तै मालिकहरूसित हडताल नगर्ने सम्झौता गर्न तयार भए । पार्टी फ्रयाक्सन ( ककस) वैठकमा जुन युद्ध प्रशंसाहरूमाथी संसदीय मत पहिले अयोजना गरिएको थियो, युद्धको समर्थनमा एउटा विशाल बहुमतले भोट हाले । कार्ल लिब्कनेष्च र रोजा लक्जमवर्गद्धारा नेतृत्व गरिएको क्रान्तिकारीहरूको केही मुठ्ठिभरले मात्रै त्यसको विरोध गरे । काउट्सकि, जो त्यो समयमा दोस्रो अन्तराष्ट्रियका प्रमुख वैचारिक नेता थिए, अनुपस्थित भएर युद्धको समर्थनमा भोट हाले । यसरी अगस्त ४, १९१४मा जर्मन सामाजिक–प्रजातान्त्रिक पाटीले सबै पहिलेका कंग्रेसका प्रस्तावहरूलाई एकातिर फयाक्यो र साम्राज्यवादी युद्धको समर्थन गर्न संसदमा एकमतले भोट हाल्यो । क्रान्तिकारी सर्वहाराका लागि, दोस्रो अन्तराष्ट्रिय त्यो दिनबाट अस्तित्व विहिन भएर मर्यो । जर्मन पार्टीले लिएको त्यो कार्यविधिलाई तुरून्तै फ्रान्स, ब्रिटेन, बेल्जीयम र अन्य देशहरूमा रहेका समाजवादीहरूको बहुमतद्धारा अनुसरण गरियो । दोस्रो अन्तराष्ट्रिय एक अर्को विरूद्ध लडाइ गर्दै वेग्ला वेग्लै सामाजिक अन्ध देशभक्तिमा विभाजित भयो ।
बोल्सेविकहरूको मात्रै एउटा पार्टी थियो जसले युद्ध विरूद्धका प्रस्तावहरूमा आफ्नो अडानलाई कायम राख्यो । दोस्रो अन्तराष्ट्रियका नेताहरूको सन्दर्भमा पूर्णरूपले अवसरवादमा पतन भइरहेका थिए, विश्व युद्धको सन्दर्भमा सही माक्र्सवादी कार्यविधि उच्चा राख्न र कार्यान्वयन गर्न लेनिन र बोल्सेविक मात्रै थिए । लेनिनले तुरून्तै यो सही बुझाइलाई प्रस्तुत गर्दै लेखहरू प्रकाशित गर्नु भयो । रसियाली सामाजिक जनवादी मजदुर पार्टी—बो.(आरएसडिएलपी बो.)को केन्द्रीय समितिले “साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल” र “दोस्रो अन्तराष्ट्रियको ठाउँमा तेस्रो अन्तराष्ट्रियको निर्माण ” गर्न आव्हान गर्यो । लेनिनले सबै वामपन्थी युद्ध विरोधी शक्तिहरूलाई एकत्रित गरेर तेस्रो अन्तराष्ट्रिय निर्माणको प्रक्रिया सुरू गर्नु भयो । यद्धपि यी शक्तिहरूले १९१५पछाडिबाट सम्मेलनहरू आयोजना गर्न सुरू गरे तर ज्यादा भ्रमहरुलाई चीन सकेनन र त्यसले निरन्तरता लियो । लेनिनले ती भ्रमहरु र यी तत्वहरूका विचमा युद्धको सन्दर्भमा समाजवादका सिद्धान्तहरूमा सही क्रान्तिकारीहरूको कार्यविधि र रसियामा र अन्तराष्ट्रिय स्तरमा क्रान्तिकारी सामाजिक प्रजातन्त्रवादीहरूको कार्य पनि स्पष्ट पार्ने जिम्मेवारी लिनु भयो । लेनिनले यो काम दुवै रसियाभित्र साथै अन्तराष्ट्रिय स्तरमा उहाँका विभिन्न लेखहरूमार्फत गर्नु भयो ।
लेनिनले ती लेखहरूमार्फत उल्लेख गरेका सिद्धान्तहरू र कार्यहरूलाई निम्न सारमा प्रस्तुत गर्न सकिन्छ:
पहिलो, समाजवादीहरू शान्तिवादी होइनन् जो सबै युद्धको विरूद्ध छन् । समाजवादीहरूले समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य राख्दछन्, जो सबै प्रकारका शोषणको अन्त्य गरेर नजिकमा आएको सम्भावित युद्धको अन्त्य गर्दछन् । यद्धपि समाजवादी प्रणाली प्राप्त गर्नका लागिको लडाइमा त्यहाँ सधैभरी युद्धहरूको सम्भावना रहिरहन्छ, जो युद्धहरू आवश्यक छन् र क्रान्तिकारी महत्वका छन् ।
दोस्रो, जब एउटा निस्चित युद्धप्रति कस्तो प्रवृति अपनाउने भन्ने निर्णय गर्दा, समाजवादीहरूका लागि प्रमुख सवाल: युद्ध के का लागि लडिएको हो, र कुन वर्गले यसलाई नाट्यशाला बनाएर निर्देशित गरेको थियो । यसरी लेनिनले सुस्पष्ट पार्नु भयो कि पुँजीवादी प्रजातान्त्रीक क्रान्तिको अवधिभर, माक्र्सले पुँजीवादीद्धारा चलाइएको युद्धको समर्थन गर्नु भएको थियो, जो युद्ध सामन्तवादको विरूद्धमा थिए र पुँजीवादलाई स्थापना गर्न र सुदृढगर्नका लागि थिए, तिनीहरू प्रगतिशील थिए र न्यायपूर्ण युद्धहरू थिए । सोही खालको मापदण्ड ग्रहणगर्दा लेनिनले सुस्पष्ट पार्दै भन्नु भयो कि साम्राज्यवादी युगमा र सर्वहारा क्रान्तिमा समाजवादीहरूले सबै यस्ता युद्धहरूको समर्थन गर्ने छन् ताकि यसले विश्व समाजवादी क्रान्तिलाई अगाडि लिएर जाने छ । यस्तो एउटा बुझाइ अनुसार लेनिनले युद्धहरूका प्रकारहरूका उदाहरणहरू दिनु भयो जसलाई प्रगतिशील अथवा न्यायपूर्ण युद्धहरू भन्न सकिन्छ: १) उपनिवेश अथवा अर्ध औपनिवेशिक देशद्धारा उसका साम्राज्यवादी शोषकहरूका विरूद्ध गरिएका राष्ट्रिय युद्धहरू, २) सर्वहारा र अन्य उत्पीडित वर्गहरूद्धारा उनीहरूका सामन्त र पुँजीवादी शासक वर्गहरूका विरूद्ध गरिएका गृह युद्धहरू, ३) समाजवादी मात्रीभूमीको रक्षाका लागि गरिएका समाजवादी युद्धहरू ।
तेस्रो, लेनिनले देखाउनु भयो कि माथि उल्लेखित बुझाइका आधारमा पहिलो विश्व युद्धबारे त्यहाँ केही पनि चीज छैन् जसले त्यसलाई न्यायपूर्ण र प्रगतिशील भन्न सकियोस । उहाँले साम्राज्यवादी युद्धलाई त्यस्तो युद्धसित तुलना गर्नु भयो, जो १०० जना दासहरू राख्ने दासमालिक र २०० जना दासहरू राख्ने दासमालिकबीचमा एउटा ज्यादा केबल दासहरूको पुन: वितरणका लागि थियो । प्रथम विश्व युद्धको अति आवश्यक अभिप्राय औपनिवेशिक दासहरूको पुनवितरणका लागि थियो । यसरी त्यहाँ कुनै पनि प्रगतिशील अथवा रक्षात्मक अथवा न्यायपूर्ण युद्ध भन्ने नै हुन सक्दैनन्थ्यो । यो एउटा अन्यापूर्ण, प्रतिक्रियावादी युद्ध थियो । यो प्रतिको एक मात्रै अडान यसलाई साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल्नका लागि गरिने आव्हन हुन सकदथ्यो । यसरी यस्ता युद्धको एउटा उपयोग क्रान्तिलाई निर्माण गर्नका लागि फाइदा लिनु थियो । यसो गर्नका लागि, लेनिनले देखाउनु भयो कि यो फाइदाजनक थियो कि आफ्नै देशले युद्धमा हारखानु पर्दथ्यो वा हराइन्थायो । तर यो हारले शासकवर्गलाई कमजोर गराउन सक्दथ्यो र क्रान्तिको विजयलाई सहजगर्न सक्दथ्यो । यसरी कुनै पनि समाजवादी क्रान्तिकारीले युद्धमा उसको आफ्नै सरकारको हारका लागि काम गर्नै पर्दछ ।
अन्त्यमा, लेनिनले बताउनु भयो कि समाजवादीहरूको कर्तब्य यो हुन्थ्यो कि उनीहरूले शान्तिका लागि आन्दोलनमा सहभागी हुनका लागि आफ्नो कर्तब्य ठानुन् । अन्यथा, जब शान्तिका लागि आन्दोलनमा सहभागी हुँदै गर्दा, उनीहरूको कर्तब्य यो देखाउनु हो कि क्रान्तिकारी आन्दोलनविना कुनै पनि वास्तविक र दृघकालिन शान्ति सम्भव छैन् । वास्तवमा, जसले न्यायपूर्ण र प्रजातान्त्रिक शान्तिको चाहना गर्दछ उसले पुँजीपति र सरकारका विरूद्ध गृह युद्धका लागि खडा हुनै पर्दछ ।
यद्धपि यी सिद्धान्तहरू र कार्यनीतिहरू दोस्रो अन्तराष्ट्रियका सबै पार्टीहरूकाबीचमा प्रचार गरिएका थिए, केबल बोल्सेविक एउटाले मात्रै व्यवहारमा तिनको कार्यान्वयन गरेको देखियो । युद्ध सम्वन्धी लेनिनव्दारा विकसित यही क्रान्तिकारी कार्यविधिले उनीहरूलाई युद्धद्धारा उत्पन्न संकटपूर्ण अवस्थाको उपयोग गर्नलाई मद्त गर्यो र तीन वर्षभित्रैमा १९१७को महान् अक्टोवर समाजवादी क्रान्तिको विजय प्राप्त हुन गयो ।
singhhukum683@gmail.com





























