क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट-२ वडा संगठन समितीको एकता अधिबेशन तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट-२ वडा संगठन समितीको एकता अधिबेशन तथा बैठक सम्पन्न

बर्दघाट : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट-२ वडा संगठन समितीको एकता अधिबेशन तथा बैठक बिहिबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिबेशनले क. गोबिन्दको संयोजकत्वमा ११ सदस्यीय वडा संगठन समिति निर्वाचन गरेको छ । समितिको सह संयोजकमा क. उर्जा रहनु भएको छ ।

 कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज क. सङ्कल्प, अर्का महाधिबेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक क. समरले राजनैतिक प्रशिक्षण राख्नुभएको थियो । एकता अधिबेशनमा प्रदेश सदस्य तथा जिल्ला सह संयोजक क.श्रमिकले शुभकामना मन्तव्य र प्रदेश सदस्य क.बसन्तले परिपत्र बाचन र नगर संयोजक क. प्रशान्तले प्यानल प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । एकता अधिबेशनले वडाको सबै टोलमा सम्पर्क बिस्तार गर्दै सेल कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । त्यस्तै समितिको सल्लाहकारमा क. गोप बहादुर पौडेललाई चयन गरेको सो पार्टीले जनाएको छ । एकता अधिबेशन अखिल( क्रान्तिकारी ) नेतृ बिमला गिरीको संचालनमा भएको थियो ।