पर्वत र बाग्लुङमा पनि एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

पर्वत र बाग्लुङमा पनि एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेशहरुमा एकता अधिवेशन सम्पन्न गरेपछि अहिले जिल्लाहरुका अधिवेशनहरु धमाधम सम्पन्न भइरहेका छन् । प्रदेश ४ का संयोजक अनुकूलले दिएको जानकारी अनुसार प्रदेशको एकता अधिवेशनपछि प्रदेश अन्तर्गतका कास्की, बाग्लुङ र पर्वत जिल्लाका अधिवेशनहरु सम्पन्न भएका छन् । आज बुधबार तनहुँको जिल्ला अधिवेशन हुँदैछ ।

प्राप्त जानकारी अनुसार असार १९ गते पर्वतको कुस्मास्थित पार्टी कार्यालयमा पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य आजादको प्रमुख आतिथ्यता र प्रदेश संयोजक अनुकूलको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनको अध्यक्षता जिल्ला संयोजक आजाद र सञ्चालन सहसंयोजक प्रकाशले गर्नुभएको थियो ।


कार्यक्रममा बाग्लुङका इन्चार्ज विश्वास र पर्वतका इन्चार्ज मिसनको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरु मामा र मिसनले शुभकामनासहित प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी बाग्लुङमा असार १८ मा एकता अधिवेशन, प्रशिक्षण तथा वैठक सम्पन्न भयो । पार्टी कार्यालय सदस्य आजादको प्रमुख आतिथ्यता र प्रदेश संयोजक अनुकूलको विशेष आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता बाग्लुङका इन्चार्ज मिसनको अध्यक्षता र जिल्ला संयोजक प्रविणको अध्यक्षतामा सम्पन्न भयो ।

एकता अधिवेशनले ३५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि निर्माण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरु केन्द्रीय सल्लाहकार आभास, केन्द्रीय सचिवालय सदस्यद्वय अनन्त र मामाले प्रशिक्षणसहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।