काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट दुईवटा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले एकता भेला सम्पन्न गरेका छन् । एकता भेलाले मिलन राईको संयोजकत्वमा १३७ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ ।

मिलन राईको अध्यक्षता र पेशल दाहालको सञ्चालनमा सम्पन्न एकता भेलालाई प्रमुख अतिथिको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल गौरवले सम्बोधन गर्नुभएको थियो । भेलामा पार्टीका कार्यालय सदस्य उदयबहादुर चलाउने दिपक, अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्षद्व्य शरद रसाइली, पुर्णबहादुर सिंह, संगठनका फ्र्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पार्टीका कार्यालय सदस्य सुदर्शन, पत्रकार संगठनका संयोजक कमल बुढा, पूर्वा विध्यार्थी नेता राम नेपालीको समेत उपस्थिति रहेको भेलामा विद्यार्थी विरेन्द्र शाहले स्वागत मन्तव्य राख्नुभएको थियो । भेला इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको हो ।







फोटो : बरिष्ठ फोटो पत्रकार जय दाहालबाट





























