क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितका सदस्य कमरेड बद्री चौलागाईकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीले श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । बारा जिल्ला, जितपुर सिमरा उपमहानगरपालिक वडा नं. १५ डुमरवाना निवासी एक कुमारी चौलागाइको हिजो २०८० जेठ २७ गते ७७ वर्षको उमेरमा आकस्मिक निधन भएको थियो । उहाँका चार छोरा र तीन छोरीहरु हुनुहुन्छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा उहाँको निधनबाट अत्यन्तै दुःखित भएका भन्दै दःुुखको यस घडीमा पार्टीले एक कुमारी चौलागाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ र उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।