काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)बीच पार्टी एकता अधिवेशन भई नवगठित क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे घाेषणा सभा सुरु भएकाे छ ।
घाेषणासभाकाे अध्यक्षता गर्दै नेता सिपी गजुरेल गाैरवले आैपचारिक रूपमा पार्टी एकता भई बनेकाे नयाँ पार्टी “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल”काे घाेषणा गर्नु भयाे । उहाँले जनताकाे घर घर र जिब्राे जिब्राेमा “क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल”लाई पुर्याउनु पर्छ भन्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने पार्टी यही भएकाे दावी गर्नुभयाे ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष माेहन वैद्य किरण, पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला कञ्चन, कार्यालय सदस्यहरु, पार्टीका सल्लाहकार समितिका नेताहरु असारे काका, कमल चाैधरी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष दिनेश शर्मा, विनाेद थापा लगायतका नेताहरु मञ्चासिन रहनु भएकाे छ ।
कार्यक्रममा नेकपा (मशाल)का नेता चिन्तामणि पाैडेलकाे समेत अतिथिकाे रुपमा उपस्थिति रहेकाे छ ।
कार्यक्रमकाे सञ्चालन पार्टीका कार्यालय सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले गर्नुभएकाे छ ।
महान सहिदहरुप्रति श्रद्धाञ्जली र अन्तर्राष्ट्रिय गीतसँगै सुरु भएकाे पार्टी एकता घाेषणा सभालाई कार्यालय सदस्य रामसिंह श्रीसले स्वागत मन्तव्य राख्नुभएकाे छ ।
१३४ आै अन्तर्राष्ट्रिय मजदुर दिवसकाे अवसर पारेर आयाेजित पार्टी एकता घाेषणा सभामा पार्टी अध्यक्ष र प्रवक्ता लगायतका नेताहरुले सम्बाेधन गर्ने क्रम जारी रहेकाे छ ।