नवलपरासी – जनयुद्धका सहिद बाबुराम खनालकी आमा कृष्ण कुमारी खनालको ८९ बर्षको उमेरमा निधन भएको छ । बि.स.१९९० सालमा जन्मिनु भएकी खनालको बर्दघाट–१३ धनेवास्थित आफ्नै निवासमा विहीवार राति निधन भएको हो । ३ छोरा ६ छोरी मध्ये जेठो छोरा बाबुराम र सहिद बाबुरामकी छोरी गायत्री जनयुद्धमा सहिद हुनभएको थियो । कृष्ण कुमारीको शुक्रवार त्रिवेणीधाममा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्री सहितका नेता कार्यकर्ता र माओवादी केन्द्रका नेता कार्यकर्ताहरु घाटमा पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर