ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ललितपुरका अध्यक्ष इश्वरसिंह साउदले एक वक्तव्य जारी गरी प्याब्सनले प्रि–बोर्डको नाममा जथाभावी अभिभावकसँग शुल्क असुलेको र औचित्यहीन परीक्षा लिएको भदै असुलेको शुल्क तत्काल फिर्ता गर्न र औचित्यही परीक्षा खारेज गर्न चेतावनी दिएका छन् । बिहीबार एक वक्तव्य जारी गरी अध्यक्ष साउनले यस्तो चेतावनी दिएका हुन् ।
कक्षा ८ को औचित्यहीन परीक्षा तत्काल खारेज नगरे र शिक्षा इकाई मार्फत् निर्धारण गरिएको रु.२७५ भन्दा बढी शुल्क लिइएको पाइएमा संगठन कारबाहीमा उत्रने र त्यसको भागीदार स्वयम् विद्यालय प्रशासन हुने पनि वक्तव्यमा चेतावनी दिएका छन् ।
वक्तव्यमा ललितपुरको जिल्ला प्याब्सनले आधारभूत तहको प्रिबोर्ड परीक्षाको नाममा विद्यार्थीमा परीक्षारुपी आतंक खडा गरेको र अभिभावकहरुसँग शुल्कको नाममा जथाभावी आर्थिक लुट मच्चाएको भन्दै अखिल (क्रान्तिकारी)ले त्यस्तो कार्यको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।