काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले महाकालीमा गरेकाे ज्यादतीका विरुद्ध बुधबार विराेध प्रदर्शन गर्ने भएकाे छ । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलका अनुसार बुधबार लैनचाैरस्थित भारतीय दुताबास अगाडि विराेध प्रदर्शन गर्न लागिएकाे हाे ।
महाकाली सन्धिका कारण सीमा क्षेत्रका बासिन्दाले वर्षेनि सास्ती खेप्नु परेको छ । त्यसमा दार्चुला र कंचनपुर जिल्लाले बढी क्षती बेहोरेका छन् । दार्चुलाको उत्तर पश्चिमी सिरानीमा भारतीय सैनिक परेड खेलेर बसेका छन् । महाकाली तर्दा हालसम्म दर्जनौ दार्चुलावासी महाकालीमा विलिन भएका छन् । जयसिंह धामी तुइनबाट महाकाली तर्दैगर्दा भारतीय सुरक्षाकर्मीको सिकार बनेका छन् । केही दिन अघि भारतले सडक खन्दा आएको ढुंगा लागि दार्चुलाका एकजना स्थानीय बालकको ज्यान गएको छ ।
भारतले धौलीगंगा बाँधको ढोका खोल्दा आएको अकल्पनीय बाढीले दार्चुला खलंगा पूरै बगेको धेरै भएको छैन । बाढी पछि महाकाली पूरै नेपालतिर पसेको छ । महाकाली नेपालतिर सरेसँगै भारतले नदी च्याप्दै नेपालतिरै च्यापेर तटबन्ध बनाइरहेको छ । सो क्रममा भएको स्थानीय दार्चुलाबासीले गरेको प्रतिकारका कारण सदरमुकाम तनावग्रस्त छ ।
भारतका कारण नदी नेपालतिर धकेलिदै छ । सीमा मिचिदैछ, सारिदैछ । दार्चुलावासी ज्यान गुमाइरहेका छन् । दिनहूँ सास्ती खेप्न बाध्य छन् । सिमाका नेपालीले भारतीय ज्यादतिकाे प्रतिराेध गरिरशेका छन् । तर सरकारले भने विराेधमा बाेल्ने साहस जुटाउन सकिरहेकाे छैन ।