असोज ६ सुर्खेत ।
आज नेकपा (क्रान्तिकारी माओवादी)ले सुर्खेत जिल्लाको विरेन्द्रनगर स्थित होटल भ्याली भ्युमा एक पत्रकार भेठघाट कार्यक्रमका विच आसन्न चुनावको बहिस्कारको धारणा सार्वजनिक गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार महासङ्घ कर्णाली पर्देशका संयोजक राम बहादुर बुढाले गरेका थिए । प्रमुख आतिथ्य पार्टीका प्रवक्ता हरिभक्त कंडेल “प्रतीक“ ले गरेका थिए ।
कर्णाली परदेश सेक्रेटरी दिपक बहादुर शाही, पत्रकार महासङ्घका अध्यक्ष ललित बसेल, पार्टीका केन्द्रीय कमरेड किरन, अर्जुन, प्रकाश, समाजसेवी नारायण, केन्द्रीय सल्लाहकार एस पी, युवाका केन्द्रीय सेक्रेटरी विकल्प, दैलेख जिल्ला सेक्रेटरी तुफान र विभिन्न मिडियाका प्रतिनिधिहरुले आतिथ्यता गरेका थिए ।


जनघात, राष्ट्रघात, भ्रस्टाचार, अन्याय र अत्याचारका शृङ्खला निरन्तर बढ्दै गएका यता लिपुलेक–लिम्पियाधुरा–कालापानी लगाएतका भुभागहरुबाट अझै भारतीय सेना नहटेको ७१ स्थानमा भएको सीमा हस्तक्षेप पनि ज्यु का त्यु रहेको र उता एम सी सी, एस पी पी, नागरिक्ता विधेयक जस्ता जनराष्ट्रघाती कृयाकलाप नरोकिएका आदि ईत्यादि क्रियाकलापहरुका कारण र आगामी चुनावमा ईमानदार, समाजसेवी, राष्ट्रप्रेमी, जनपृय उम्मेदवारले जीत्ने कुनै सम्भावना छैन । अधिकांश उमेदवारहरु अकुत सम्पत्ति कमाएका तस्कर, बिचौलीया, भ्रष्टाचारी, ठुला ठेकेदारहरुले कालो धनको खोलो बगाउने, गुण्डागर्दी, आतंक मचाउने आदि कार्य गरेर मतदातालाई त्रसित बनाएर बुथ कब्जा गर्ने हुनाले चुनाव बहिष्कार गरेको कुरा पार्टीका कर्णाली प्रदेश सेक्रेटरी दिपक बहादुर शाही “प्रकाश उर्जा“ ले बिज्ञेप्ती मार्फत सार्वजनिक गरएका हुन । प्रवक्ता कमरेड हरिभक्त कंडेल“प्रतीक“ ले वक्तव्य माथी प्रष्ट पार्दै चुनाव शसक्त बहिस्कार गर्ने कुरा माथी प्रकाश पारेका छ्न ।

हार्दिक शुभकामना !

पत्रकार भेटघाटमा बाँडिएको विज्ञप्ति निम्न छ :

प्रतिक्रिया

सम्बन्धित खवर