असोज १ काठमाडौं ।
९ जनाको ज्यान जानेगरी र २० जना घाइते हुनेगरी गएको अछामको पहिरो अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा गएको हो ।
कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएकोे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए । त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको र अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे गृहमन्त्री खाणले जानकारी लिएका छन् । उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँ धनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखि पठाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर