
जिल्ला प्रहरी कार्यलय, नवलपरासी (पूर्ब) को प्रहरी टोलीले “प्रतिक्रियावादी निर्वाचन बहिष्कार गरौ !“ भन्ने पोष्टर र पर्चा टासेको स्थानबाट च्यातेको र उक्काएर लगेको पाइएको र आफ्नो घरमा टांसिएको भन्ने आधारमा पार्टीका बैकल्पिक पोलिट ब्युरो सदस्य तथा ४ नं प्रदेश सह इन्चार्ज कमरेड अनकुललाई चैत्र २५ गते बेलुका निजको घरमा पुगेको जिल्ला प्रहरी कार्यलय, नवलपरासी (पूर्ब) को प्रहरी टोलीले अनावश्यक कुराहरु सोधपुछ गर्दै गिरप्तारीको प्रयास गरेको जानकारी प्राप्त भएको छ । सरकारको त्यस्तो जनविरोधी कायृका विरुद्ध नेकपा(क्रान्तिकारी माओवादी) ४ नं प्रदेश समितिको गंभिर ध्यानाकर्षण र उक्त कार्यको घोर निन्दा र भर्त्सना गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छः
