काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई सक्रिय बहिस्कार गर्ने निर्णय गरेको छ ।


चैत्र ४ गते बसेको बैठकले पैसाको खोलो बगाएर ठेकेदार, तस्कार, भ्रष्टाचारीहरुको खेल मैदान बन्ने गरेको गलत निर्वाचन प्रणाली भएको, सिंहदरबारको भ्रष्टाचार सेर स्थानीय सरकार भ्रष्टाचारको अखडा बनेको, स्थानीय जनतामाथि करमाथि करको महाबोझ थपेर जनतामारा बनेको, एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको मौन समर्थक बनेको, विकास निर्माणका नाममा स्थानीय जनताको उठिबासको मौन समर्थक र साक्षी बनेको, नेवाः जातिको विनास गर्ने केन्द्रको योजना र्कान्वयनको मतियार बनेको, स्थानीय तहमा पहिचान र स्वायत्तता नभएको, प्रतिक्रियावादी संसदीय व्यवस्थाको तीनवटै अंग असफल भई त्यसले गर्ने सम्पूर्ण राष्ट्रघाती र जनघाती काममा हिस्सेदारी बनेर जनता चुस्ने थलो बनेको, नो भोटको व्यवस्था नभएको आदि गम्भिर कारणहरुले गर्दा स्थानीय निर्वाचनलाई मोर्चाले सक्रिय बहिस्कार गर्ने निर्णय गरेको मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

बैठकले आसन्न निर्वाचन बहिस्कार गर्न नेवाः मोर्चाले जनतामा अपिल गर्ने, घरदैलो मार्फत् बहिस्कार अभियान सञ्चालन गर्ने तथा निर्वाचन बहिस्कारको व्यापक रुपमा प्रचार प्रसार गर्ने र निर्वाचन बहिस्कारलाई आन्दोलनको रुपमा लैजाने निर्णय गथरिएको छ । अभियानसँगै मोर्चाको संगठन विस्तार गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर