चैत्र ६ पोखरा ।
६ कम्युनिष्ट पार्टी र २ मोर्चाका जातीय संगठनहरुको तर्फबाट आज पोखरामा राष्ट्रघाती एमसीसी संझौता विरुद्ध बिरोध सभाको कार्यक्रम सम्पन्न भएको छ । पोखरा सृजनाचोक बाट ¥याली सहित सुरु भएको कार्यक्रम लखन थापा चोकमा आएर कोणसभामा परिणत भएको थियो । राष्ट्रघाती एमसीसी विरुद्ध फागुन ४ गतेबाट सुरु भएको पहिलो चरणको संयुक्त कार्यक्रमको आज अन्तिम दिन पनि हो ।


आजको कार्यक्रमको अध्यक्षता अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष भिम श्रीसले गर्नु भएको थियो भने बिरोध कार्यक्रमलाई प्रमुख वक्ताको रूपमा अखिल नेपाल आदिवासी जनजाती महासँघका केन्द्रिय महासचिव .नगेन्द्र राइले संबोधन गर्नु भएको थियो । सभाका अन्य वक्ताहरुमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष निल बहादुर पुन,देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष .नेत्र रानाभाट,राष्ट्रिय जनमोर्चाबाट डम्बर थापामगर र गणेश अधिकारी हुनुहुन्थ्यो ।
कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चाका .नम बहादुर बाठामगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार