काठमाडौं/यतिबेला नेपाली लोकगीत क्षेत्रका कलाकार प्रकाश सपुतको रचना, स्वर र सङ्गीतमा उनकै निर्देशनमा तयार परिएको भिडियो गीत ‘पीर’ सार्वजनिक भएको घटनाले नेपाली समाजमा व्यापक चर्चा पाएको छ । उक्त गीत सार्वजनिक भएपछि विशेषत: माओवादी घटकका पार्टीहरुले त्यसको विरोध गरेका छन् ।
यसै सन्र्दभमा आज एक विज्ञप्ती जारी गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घले उक्त गीत सार्वजनिक भएको घटनाप्रति आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दु:खीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ‘नेपालको वर्तमान राजनीतिक घटनाक्रमका कारण नेपाली समाजको वर्तमान चरित्र चरम निरासा, कुण्ठा, आक्रोसमा व्यक्त भइरहेको अवस्थामा प्रकाश सपुत जस्ता वुर्जुवा समाजका कलाकारहरूले निरासावादी गीत सङ्गीत तयार पार्नु कुनै अनौठो कुरा होइन ।’ यो चरम निरासाभाव पस्किएको ‘पीर’ नामक गीतप्रति टिप्पणी र विरोध गर्दै वक्तव्यमा अगाडि भनिएको छ ‘जब उक्त गीतलाई म्युजिक भिडियोद्वारा सार्वजनिक गरियो त्यसमा बुनिएको जनयुद्धसम्वद्ध कथानकताले दिएको सन्देश घोर आपत्तिजनक र खेदजनक रहेको छ । सो गीतको शव्द सङ्गीतमा खास विषय नभएता पनि त्यसलाई दृश्याङ्कनका लागि बनाइएको कथानकता र गरिएको अभिनयले जनयुद्धको मूल मर्म, भावना, उद्धेश्य, आदर्श र युद्धमा समर्पित योद्धाहरूलाई विद्रुपिकरण गरिएर सिङ्गो जनयुद्धलाई बदनाम गर्ने मनसायद्वारा सार्वजनिक गरिएको छ ।’
महासङ्घले यस्ता गीत, कला, साहित्य आउनुमा स्वयम् प्रचण्ड–बाबुराम मण्डली जिम्मेवार रहेको बताउँदै वक्तव्यमा भनेको छ ‘यस्ता गीत तयार गर्ने भावभूमि प्रदान गर्न स्वयम् जनयुद्धका नायक भनिएका प्रचण्ड–बाबुराम मण्डली जिम्मेवार छन् । जनयुद्धले विजयको उत्कर्षता प्राप्त गर्दै गएको अवस्थामा पार्टीभित्र छद्म रुपमा रहेको घोर दक्षिणपन्थी व्यवस्था कथित लोकतान्त्रिक गणतन्त्रका योजनाकार बाबुराम भट्टराई र उनको बिचारलाई आफ्नो बनाएर प्रस्तुत गरेका प्रचण्डले संसदीय व्यवस्था स्वीकार गर्दै जनयुद्धलाई विधिवत अन्त्य गरी आपूmहरू नबधनाढ्य बन्दै गएर नवसंसोधनवाद हुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका र जनयुद्धमा समर्पित लाखौँ योद्धा कार्यकर्ताहरूलाई आज रसातलमा भासिन वाध्य बनाएकाले तिनै उत्पीडनमा परेका योद्धाहरूको साहानुभूति लिने मनसायद्वारा जनयुद्धलाई विद्रुपिकरण गर्न यस्ता गीत सङ्गीत, साहित्य कला रचना गरिँदै आएका छन् ।’
प्रस्तुत गीत तयार पार्न र सार्वजनिक गर्न लगानी गरेका प्रभु बैंक र शिवम् सिमेन्ट उद्योगलाई पनि जनयुद्धलाई विद्रुपिकरण गर्न रचिएका गीत, कला साहित्यलाई प्रोत्साहन नगर्न चेतावनी दिँदै ‘जनयुद्धको उदात्त आदर्शको भ्रष्टिकरण गर्ने उद्धेश्यद्वारा रचिएको गीत ‘पीर’ सार्वजनिक गर्न अकुत धनराशी खर्चिएका प्रभुबैंक तथा शिवम् सिमेन्ट अद्योगप्रति पनि हाम्रो सङ्गठन घोर आपत्ती प्रकट गर्दछ र आगामी दिनमा यस प्रकारका हर्कत नदोहोर्याउन कडा चेतावनी दिन चाहन्छ’ वक्तव्यमा भनिएको छ । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ–
‘भरखरै मात्र नेपाली लोकगीत क्षेत्रका कलाकार प्रकाश सपुतको रचना, स्वर र सङ्गीतमा उनकै निर्देशनको भिडियो गीत ‘पीर’ सार्वजनिक भएको घटनाले हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको वर्तमान राजनीतिक घटनाक्रमका कारण नेपाली समाजको वर्तमान चरित्र चरम निरासा, कुण्ठा, आक्रोसमा व्यक्त भइरहेको अवस्थामा प्रकाश सपुत जस्ता वुर्जुवा समाजका कलाकारहरूले निरासावादी गीत सङ्गीत तयार पार्नु कुनै अनौठो कुरा होइन । यो चरम निरासाभाव पस्किएको ‘पीर’ नामक गीतप्रति टिप्पणी र विरोध गर्नुपर्ने थिएन र छैन । परन्तु जब उक्त गीतलाई म्युजिक भिडियोद्वारा सार्वजनिक गरियो त्यसमा बुनिएको जनयुद्धसम्वद्ध कथानकताले दिएको सन्देश घोर आपत्तिजनक र खेदजनक रहेको छ । सो गीतको शव्द सङ्गीतमा खास विषय नभएता पनि त्यसलाई दृश्याङ्कनका लागि बनाइएको कथानकता र गरिएको अभिनयले जनयुद्धको मूल मर्म, भावना, उद्धेश्य, आदर्श र युद्धमा समर्पित योद्धाहरूलाई विद्रुपिकरण गरिएर सिङ्गो जनयुद्धलाई बदनाम गर्ने मनसायद्वारा सार्वजनिक गरिएको छ । यस्ता गीत तयार गर्ने भावभूमि प्रदान गर्न स्वयम् जनयुद्धका नायक भनिएका प्रचण्ड–बाबुराम मण्डली जिम्मेवार छन् । जनयुद्धले विजयको उत्कर्षता प्राप्त गर्दै गएको अवस्थामा पार्टीभित्र छद्म रुपमा रहेको घोर दक्षिणपन्थी व्यवस्था कथित लोकतान्त्रिक गणतन्त्रका योजनाकार बाबुराम भट्टराई र उनको बिचारलाई आफ्नो बनाएर प्रस्तुत गरेका प्रचण्डले संसदीय व्यवस्था स्वीकार गर्दै जनयुद्धलाई विधिवत अन्त्य गरी आपूmहरू नबधनाढ्य बन्दै गएर नवसंसोधनवाद हुँदै प्रतिक्रियावादमा पतन हुन पुगेका र जनयुद्धमा समर्पित लाखौँ योद्धा कार्यकर्ताहरूलाई आज रसातलमा भासिन वाध्य बनाएकाले तिनै उत्पीडनमा परेका योद्धाहरूको साहानुभूति लिने मनसायद्वारा जनयुद्धलाई विद्रुपिकरण गर्न यस्ता गीत सङ्गीत, साहित्य कला रचना गरिँदै आएका छन् । साथै जनयुद्धको उदात्त आदर्शको भ्रष्टिकरण गर्ने उद्धेश्यद्वारा रचिएको गीत ‘पीर’ सार्वजनिक गर्न अकुत धनराशी खर्चिएका प्रभुबैंक तथा शिवम् सिमेन्ट अद्योगप्रति पनि हाम्रो सङ्गठन घोर आपत्ती प्रकट गर्दछ र आगामी दिनमा यस प्रकारका हर्कत नदोहोर्याउन कडा चेतावनी दिन चाहन्छ ।
जनयुद्ध आफैंमा एउटा महान् ऐतिहासिक आख्यानयुक्त घटना थियो । त्यसले सर्वहारा र उत्पीडित वर्गको अनुपम त्याग, उत्सर्ग र साहसको सर्वोच्च प्रतिमान कायम गरेको थियो । त्यस किसिमको शौर्य, पराक्रम र बलिदानपूर्ण कार्य मानिसका निम्ति उदाहरणीय एवम् नवीन सौन्दर्य निर्माणका लागि प्रेरणास्पद पनि बनेको थियो । कला साहित्यमा जनयुद्धको प्रतिबिम्बन त्यसै रूपमा हुनु वस्तुगत र यथार्थपरक हुन्छ भने खण्डित वा अंशगत रूपमा जनयुद्धलाई चित्रण गर्नु, त्यसका उदात्त र आदर्श पक्षलाई तिरोहित गर्नु अनि स्थापित सर्वहारा वर्गीय चेतलाई वर्गसङ्घर्ष र आशावादी भावलाई निषेध गर्नु सम्पूर्ण मानवीय साङ्घर्षिक क्रियाकलापप्रति वितृष्णा उत्पन्न गर्नु प्रकाश सपूत र ती जस्ता सांस्कृतिक कर्मीहरूको भूमिका रहेको छ । यसका पृष्ठभूमिमा जनयुद्धको नेतृत्वमा रहेको मूल नेतृत्व पङ्क्तिभित्रको पुष्पकमल दाहाल (प्रचण्ड), बावुराम भट्टराई, रामबहादुर थापा (बादल) लगायतको वैचारिक स्खलन, राष्ट्रिय आत्मसमर्पण, बुर्जुवा संसदीय गर्तमा पतन र क्षयीकरणका कारणबाट निर्मित विभ्रमले जनयुद्धद्वारा स्थापित आदर्श विरूपित बन्न पुगेको हो ।
फेरि पनि एउटा असल, मानव र समाजप्रति दायित्वबोध भएको कलाकारले कलालाई यथार्थ विरोधी, मानव विरोधी, र सौन्दर्य विरोधी रूपमा उपस्थित गराउँदैन र आफ्नो कलालाई माल (विकाउ बस्तु)मा परिणत गर्दैन । हामी त्यस किसिमको कलाविरोधी अमानवीय हर्कतको विरुद्धमा निरन्तर सांस्कृतिक क्रान्ति चलाइरहन्छौँ ।’































