माघ १९ चितवन ।
‘राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी’को निम्ति चितवनका वामपन्थी र देशभक्त शक्तिहरुले विविध प्रकारका सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्दैै आएको तथ्य सर्वविदितै छ ।
अमेरिकी सरकारको दबावको अगाडि घुँडा टेकेर शेरबहादुर देउवा संसदमा जसरी पनि एम.सी.सी. प्रस्तुत गरी त्यसलाई पारित गराउने कसरतमा लागेको कुरा व्यापकरुपमा सार्वजनिक भएको छ ।
यसै सन्दर्भमा यही माघ २५ गते राष्ट्रघाती एमसीसी सम्झौताको खारेजका लागि चितवन बजार परिक्रमा सहीत नारायणघाट बजारमा गएर कोणसभाको आयोजना गर्ने र २६ गते एमसीसीको खारेजका लागि चितवनमा संकलन गरिएको संकलित हस्ताक्षरको व्यानर सहीत जिप्रका चितवनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
उक्त माघ २६को कार्यक्रम चितवनको मालपोत चोक अगाडि जम्मा भएर नारा जुलुस सहीत जिप्रका जाने तय गरिएकोछ । सो जानकारी २२दलीय मोर्चाको एक प्रमुख घटक नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सोपकोटा (विकास)ले दिनु भएको छ ।