कार्तिक १ काठमान्डौ ।
(नेपाल कम्युनिस्ट पार्टी (मसाल)भित्र लामो समयदेखि चल्दै आएको अन्तरपार्टी संघर्षमा पार्टी नेतृत्वले आठौँ महाधिवेशनमा फरक दस्तावेजका प्रस्तावक ६ जना केन्द्रीय समितिका सदस्य कमरेडहरू सबैलाइ विभिन्न वहानामा निस्कासन वा कार्यवाहीहरू गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेतृत्वले आफूलाई संसदीय व्यवस्थाको हरेक निर्वाचनमा लामो समयसम्म एमालेको बैशाखी प्रयोग गरी संसदमा गयो र एमालेको सरकारमा केन्द्रीय मन्त्री पनि बन्यो ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेतृत्वले लिएको संसदवादी कार्यनीतिका विरुद्ध पार्टीको आठौँ महाधिवेशनमा फरक दस्तावेजका प्रस्तावकहरु मध्ये महाधिवेशनव्दारा नीर्वाचित ६ जना केन्द्रीय समितिका सदस्य कमरेडहरू सबैलाइ विभिन्न वहानामा निस्कासन वा कार्यवाहीहरू गर्दै गयो । यो स्पष्टतः बहुमतको आधारमा पार्टीभित्र हैकमवादी र तानाशाही प्रवृतिको परिणाम पार्टी विभाजन उन्मूख गइरहेको अवस्थामा मसालको आठौँ महाधिवेशनमा फरक प्रस्ताव प्रस्तुत गर्ने केन्द्रका ६ जना सदस्यको संयुक्त वक्तव्य आएको छ । उक्त वक्तव्य पार्टीलाई क्रान्तिकारी दिशाउन्मुख गराउन र नेपालका सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकतावद्ध गरी दक्षिणपन्थी संसदवादका विरुद्ध एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणमा मद्त पुग्ने छ भन्ने आशाका साथ यहाँ यसलाई विमल शर्माको फेसवुकबाट साभार गरि प्रकाशित गरिएको छ । सम्पादक)

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार