काबुल बिष्फोटमा मारिनेको संख्या १ हजार ३ सय ३८ पुग्याे, १ हजार ३ सय ३८ जना घाइते

काबुल बिष्फोटमा मारिनेको संख्या १ हजार ३ सय ३८ पुग्याे, १ हजार ३ सय ३८ जना घाइते

एजेन्सी । बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुल नजिकैको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती बम बिष्फोटमा मारिनेको संख्या १ हजार ३ सय ३८ पुगेको छ । तीमध्ये ९० जना अफगान नागरिक र १३ जना अमेरिकी सैनिक हुन् ।

बिष्फोटनमा परेर १ हजार ३ सय ३८ जना गम्भीर घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मारिने ९० जना अफगानीमध्ये २८ जना तालिबानी लडाकू हुन् ।

उक्त हमलाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।
उता,अमेरिकी राष्ट्रपति जो बाइडेनले १३ अमेरिकी सैनिकको हत्या गर्ने आत्मघाती बम बिष्फोटका दोषीहरुलाई खोजी गर्ने प्रतिबद्धता जनाउँदै अफगानिस्तानको अप्ठेरो अवस्थाबाट हजारौं नागरिकलाई उद्धार गर्ने आफ्नो लक्ष्यबाट विचलित नहुने बताएका छन् ।