
भाद्र ९ काठमान्डौ ।
करीव २९वर्षदेखि पेरुको जेलको कालकोठरीमा वन्दी जीवन विताइरहनू भएका कमरेड गोन्जालो, जो विभिन्न प्रकारका जटिल रोगहरुले ग्रस्त हुनुहुन्छ, , पेरुको प्रतिक्रियावादी सरकारद्वारा आजीवन मानसिक तथा भौतिक यातना दिएर उहाँलाई जेलमै हत्या गर्ने प्रपञ्च गरेको देखिन्छ । कमरेड गोन्जालोको जीवन रक्षा एवम् सम्मानजनक रिहाइका निमित्त विश्वभरि अभियान चलाइएका छन् ।
नेकपा(क्रान्तिकारी माओवादी)ले कमरेड गोन्जालोप्रति गरेको अमानवीय र सम्वेदनाहीन रवैयाको विरुद्ध र उहाँको जीवन रक्षा एवम् सम्मानजनक रिहाइका निमित्त विश्वभरि चलाइएको अभियानप्रति पार्टीको दरो ऐक्यबद्धता जाहेर गर्दै निम्नलिखित एक प्रेस वक्तव्य प्रकाशित गरेको छ :
प्रेस वक्तव्य
अमेरिकी साम्राज्यवादको मिलेमतोमा पेरुको प्रतिक्रियावादी सरकारद्वारा सेप्टेम्बर १२, १९९२ का दिन पेरुको राजधानी शहर लिमाबाट गिरफ्तार गरिनुभएका कमरेड गोन्जालोले आजसम्म जेलको कालकोठरीमा बन्दी जीवन विताइरहनु भएको छ । उहाँलाई बाहिर कसैसँग पनि सार्वजनिक रुपमा भेटघाट गर्न दिइएको छैन । विभिन्न प्रकारका जटिल रोगहरुले ग्रस्त कमरेड गोन्जालोलाई आजीवन मानसिक तथा भौतिक यातना दिएर पेरुको प्रतिक्रियावादी सरकारले उहाँलाई जेलमै हत्या गर्ने प्रपञ्च गरेको देखिन्छ । हाम्रो पार्टी पेरुभियाली सरकारको यस प्रकारको अमानवीय र सम्वेदनाहीन रवैयाको घोर विरोध गर्दछ र साथै कमरेड गोन्जालोको जीवन रक्षा एवम् सम्मानजनक रिहाइका निमित्त विश्वभरि चलाइएको अभियानप्रति दरो ऐक्यबद्धता जाहेर गर्दछ ।
भदौ ९, २०७८
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)
































